कसरि रोक्छन् रुख विरुवाले हाडनाता करणी ?
विरुवामापनि असाध्यै हुन्छन् यस्ता घटना । आफ्नै सन्तानमा यौन भएर उम्रिने विरुवामा जोखिम हुन्छ । किनभने त्यसरि निस्किनेले आफ्नै परिवारको जिन (अनुवंशिकी) पछिकाले नक्कल गर्छन् । त्यस्तो हुँदा वनस्पतीको अस्तित्वमा संकट पर्न सक्छ । मासिने जोखिम बढ्छ । किनकि एकै वंशमा यौन भएर जन्मिने सन्तानमा रोगसित लड्ने क्षमता कम हुन्छ । ति कमजोर हुन्छन् । प्रतिकूल परिस्थितिसित सामना गर्ने, बाँच्न र हुर्किनकालागि लड्नुपर्ने अप्ठेरालाई तिनले सहजै पचाउन सक्दैनन् ।
विरुवाको सेक्स गर्ने तरिका भनेको परागसेचन हो । अर्थात साना मसिना कण, धुलो जस्ता विजहरु । पोथी विरुवाको मुखमा (फूल फुलेको भागमा) भालेको विज हावाले वा कमालकुट्टी, माहुरी जस्तै फूलको रस लिने जिवले लगेर छोडिदिन्छ । हो त्यहि बेला भाले र पोथीबिच सेक्स हुन्छ । गर्भ रहन्छ । मानिसको यौन क्रियालाई संभोग भने झैं विरुवा, वनस्पतीकोलाई परागसेचन भनिन्छ । त्यस्तो बिज आएर गर्भ बस्ने ठाउँमा खस्दा धेरै विरुवाले ठ्याक्कै चिन्छन्, यो मेरो वंशको हो वा होइन भनेर । आफ्नै वंशको हो भन्ने बुझेपछि तिनले अस्विकार गरिदिन्छन् । त्यसरि चिन्ने एउटा आधार हुन्छ विरुवामा । जसलाई अंग्रेजीमा मोलिक्युल आइडेन्टिफायर भनिन्छ । हो त्यसैले आफ्नो वा आर्काको जिन ठ्याक्कै पत्ता लगाउँछ ।
केहि बैज्ञानिकहरुले चाहिँ आफ्नै वंशमा परागसेचन गर्ने क्रमलाई निरन्तरता दिएपनि विरुवाको वंश पातलिन थालेपछि वा नष्ट हुने अवस्थामा फेरि नयाँ विकास गर्छन् । पहिलेकै अवस्था विकास गर्छन् भन्दै आएका थिए । तर म्याकजिल विश्व बिध्यालयका अनुसन्धानदाताले गरेको पछिल्लो अनुसन्धान अनुसार भिन्न तथ्य भेट्टियो । प्लस बायोलोजी भन्ने बैज्ञानिक पत्रीकामा प्रकाशित अनुसन्धान रिपोर्ट अनुसार पराग (बिज) उत्पादन आफैंले गर्ने विरुवामा त्यो लागू नहुने पाइयो । उनीहरुले के पत्ता लगाए भने ब्रोकाउली र बन्दकोबी आफैंले पराग (पोलन) उत्पन्न गर्छन् र यदि तिनले आफ्नै वंशको बिज लिँदै गएभने तिनको वंशनै सखाप हुन्छ ।
यो अनुसन्धान वनस्पती संरक्षणकालागि कोसेढुंगा हुन सक्छ । किनभने आजसम्म लोप भएका धेरै विरुवाको बारेमा जानकारि यसले दिन सक्छ । त्यस्तै, विरुवाको संरक्षणकालागि एकै वंशमा परागसेचन नहोस् भनेर नयाँ तरिका अपनाउन सकिन्छ । यो तथ्यका मुख्य अनुसन्धनदाता फ्रान्सको लिल निवासी फंस्वा ज्याकोब हुन् ।
Post a Comment