1

बिदेश बसेको भन्नासाथ छोरी चेली यस्तरि मिल्काउने ?

marriage-cartoon-proposalमैले चिनेका एक जना नेपालीले भर्खरै बिहे गरेछन् नेपाल गएर । कति भाग्यमानी (?) उनी । आफू आइ कम मात्रै पढेका । त्यहिपनि पढेका मात्रै हुन् कि पास पनि भएका हुन् कुन्नी । तर केटी पाएछन् पि एच डी गर्न तम्तयार । केटी पिच डी गर्न युरोपकै एउटा हुने खाने मुलुक आउँदै रहिछिन् । केटो चाहिँ पहिले स्पेन बस्यो केहि वर्ष । बैधानिक कागज बनाउन सकेनन् । मिलेन । अनि त्यहाँबाट पोर्चुगल गए । त्यहाँपनि कागज बनाउन सकेनन् दुई तिन वर्ष बसेर । फेरि फ्रान्स आयो । केहि वर्ष भारतीय रेस्टुरेन्टमा भाँड माझ्यो । खाने त्यहिँ भो । रेस्टुरेन्टका कुर्सी जोडेर त्यहिँ सुत्यो र कागजकालागि पनि खुब धायो । तैपनि कागज बनेन । अन्तत उसलाई केटि हेरे उता नेपालमा । ओहो बिदेश आठ नौ वर्ष बसिसकेको रे । अझ देश चहारि चहारि भनेर पि एच डी गर्दै रहेकि केटी दिएछन् । 
केटीलेपनि आम्मामा यत्रा वर्ष बिदेश बसेको भनेर हाम्फालेकि होलिन् । केटोको न बोल्ने ढंग छ गतिलो । न हेर्दा आम्मै नी भनेर हाम्फालिहाल्ने खालकै जिउडाल छ । हुन त यो हेराईमा भर पर्ला नै ।  जे होस्, भाँडा माझ्न र केहि ईन्डियन खाना बनाउन चाहिँ निपुँण छ । बाकिँ यत्रा देश चाहारेर बस्दा कुनै देशको पनि भाषामा ‘म भोकाएँ’ भन्नसम्म नआउने लठ्ठु छ । तर सात वर्ष बिदेश बसेको, देश घुमि घुमि भन्ने अहंकारले उ परक्क परक्क बटारिने जेपनि आफ्नै कुरो सहि भनेर फन्किन्छ ।
पढाइको नाममा आइ कम रहेछ । केटी चाहिँ पि एच डी कालागि छात्रब्रित्ति पाएकि रे । अब श्रीमतीको फेरो समातेर उपनि बिदेश आउने रे । केटीको भत्तानै मासिक साँढे दुई हजार युरो । पाँच वर्षे भिसा ।  बिचरी ति नारीको जिवन कस्तो होला उसित ? अब ति नारीलाई उसले सहयोग गरेपनि बिहान साँझ खानासम्म बनाएर दिने हो । बाँकि के सहयोग होला । तिनका साथी, सहपाठी पक्कै पढेलेखेका, बौद्दिक हुन्छन् । उनको सोच, आदर्श र बुझाई, हेराईनै अलग पक्कै हुन्छ । संसार हेर्ने ति नारीका आँखा पक्कै अलि फराकिला होलान् । केटोलाई त मज्जा आउला ‘मेरी पत्नी पि एच गरेकि छे’ भन्न । तर पि एचडी गरेकि ति नारीलाई आफ्ना साथीका अगाडी ‘मेरो लोग्नेले त आइ कम मात्रै पढ्नु भएको रे’ भन्दा कति हिनताबोध होला ? अनि कसरि ति पुरुषसित ति खुशि होलिन् ? उ आफैंपनि कसरि खुशि होला आफू भन्दा धेरै गुणा पढेलेखेकि श्रीमतीसित ? किनकि तिनको बिचमा पक्कै धेरै कुराको स्तर मिल्दैन ।
यो त एउटा उदाहरण मात्रै हो । यस्ता सयौं घटना छन् । दशौं घटना त मैलेनै देखेको छु । दर्जनौं म आफैंले सुनेको छु । उता केटीहरु अनेक सिप सिकेका हुन्छन् । कति अशल स्वभाव र कर्मशिल अनि मेहनति हुन्छन् । यता केटो बिदेशमा ट्याब खाएर बस्ने हुन्छ । उ कर्मशिल हुन्न बरु सरकारि भत्तामा बाँचिरहेको हुन्छ । जाँडपानी नभै उ डेग चल्दैन । आफू बसेको देशको स्थानिय भाषा र कुनै सिपसम्म सिकेको हुन्न । युरोपमा बस्ने बैधानिक कागक पाएकै हुन्न र त उ यो देश गए कागज बन्छ कि त्यो देश गए बन्छ कि भन्दै प्रहरीको आँखा छलेर अनेक देश घुमिरहन्छ । किनकि प्रहरीले भेट्टाए त उ पक्राउ पर्छ र जेल नेल भोग्न सक्छ । जुन देश जान्छ सरकारि भत्ता खान्छ र कागजी प्रोसेस गर्छ । तर गफ लागौँचह् कि म युरोपका देश घुमि घुमि बस्छु । काम गर्छु ।
अनि त्यस्ता अशल कर्मशिल नारीहरुलाई त्यस्ता केटाहरुसित टाँसो लगाइदिन्छन् । बिदेशमा बस्ने केटो के के न हुन्छ भन्ने सोचेर । तर यता आफ्नी दिदी, बहिनी, छोरी हरेक दिन रुँदै दिन काटेको पत्तो हुन्न । तत्काल नेपाल अजन पैसो हुन्न । आधार र सहिजो हुन्न । सुनाउँ धेरैले झन खुच्चिङ भन्छन् । अनि हरेक दिन मानसिक रुपमा बिक्षिप्त भएर दिन काट्छन् ।
तर पक्कैपनि भन्न खोजिएको होइन कि बिदेश बस्ने केटाहरु सबै त्यस्तै हुन्छन् भनेर । तर बुझ्दै नबुझि, बिदेश बसेको छ रे भन्ने थाह पाउनासाथ जति पढोस्, जस्तो बानी होस् बुझ्दै नबुझि छोरी चेली फाल्ने क्रम ज्यादै धेरै छ । जोडी मिल्छ कि मिल्दैन भन्ने पनि नहेरि आफ्नी छोरी चेली मिल्काउने दाजुभाई र आमाबाउ निकै छन् । बिदेशमा छ भन्ने सुन्नासाथ टिबी लाएर ओछ्यान परेको छ कि । क्यान्सर लागेर थला परेको छ । गाँजा भाङ र हिरोईन नतानेर् हुने खालको छ । त्योपनि नहेरि ‘लौ फुत्किन्छ कि’ झैं गरेर हाम्फालिहाल्ने महिलापनि उत्तिकै छन् । दोष एक जनाको भन्दापनि मानसिकताको हो । अज्ञानताको हो ।
हैन के हेरेर छोरी, बहिनी फाल्छन् नेपाली दाजु भाईले ? बिदेशमा बस्ने भनेर किन यस्तो आँखा चिम्लिंदै नारीको जिवन सत्यानाश पार्ने गरेका हुन् ? ति नारीपनि कस्ति हुन् पिएच डी गर्नेले त्यस्तो लठुवासित बिहे गर्न राजि हुने ? के यि दुईको जिवन सुखि होला ? ति नारीको शिर सधैं ठाडो रहला ? किन आफुले जन्माएर, पढाएर, अशल तरिकाले हुर्काएर त्यत्रो पढाएकि छोरी चेली त्यसरि फ्याँक्नुहुन्छ ? के पाप छ ति नारीको जस्तोलाई हुत्याइदिएपनि रुँदै बस्नु पर्ने, आफ्नो स्तरनै नमिल्नेसित जबर्जस्ति जिन्दगी काट्नुपर्ने । कति माया गरेर हुर्काउनुहुन्छ । तर अन्तिममा अलिकति बिचार नगरि हुत्याइदिएर किन जिवन अन्धकार बनाइदिनुहुन्छ ?
कसैलाई आरोप प्रत्यारोप र हेप्न होइन साह्रै मन खाएर लेखेको मैले यो । हामी नेपालमा कुटपिटका घटना पढेर सुनेर ठूलो समाचार बनाउँछौं, दुखि हुन्छौं, अचम्म मान्छौं । तर युरोपमा नेपालीले भोगेका, सडक सडक बलिन्द्र धारा आँशु बगाएर रुँदै हिँडेका धेरै छन् । स्याउला ओढेर सुतेका घटना कति छन् कति । एक जना नेपालीलाई आफ्नै ज्वाईले कुट्नुसम्म कुटेर अब मर्‍यो भनेर सडकमा फालिदिएको घटना त मैसित छ । तैपनि बुझ्दै नबुझि युरोप हाम्फाल्ने, दशौं लाख डुबाउने र छोरी चेली त्यस्तरि मिल्काउने गर्न छोडेका छैनन् । मैले यस्ता सयौं घटना देखें युरोपमा पुस्तक लेखनकालागि चहार्दा । मेरै त मन रुन्छ, रोएकोपनि छु भोग्नेसितै बसेर । भोग्नेको झन कति रुँदो हो ? उफ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ् !! लौ न जे भएपनि यस्तरि न नफाल न हो तिम्रा छोरी चेली !
मैले युरोपका धेरै मुलुकमा असाध्यै दुख पाएका, सास्ति भोग्नेकासित प्रत्यक्ष भेटेर पुस्तक लेखें । पुस्तक निकाल्ने भन्दा भन्दै भाका सरेको सर्‍यै छ । अहिले साउन महिनामा सक्ने बन्ने भाका छ । कम्तिमा यो पुस्तक आइदिए नेपालमा युरोप भनेर स्वर्ग ठान्ने र युरोप बसेको भनेपछि महान ठान्नेहरुलाई बास्तविकता के रहेछ भन्ने शिक्षा हुन्थ्यो कि भन्ने लागेको छ । बिदेश बस्ने भनेपछि अन्जानमा लोभिने नारीहरुलाई अलिकति चेतना दिन्थ्यो कि ? अब चाहिँ मलाई भन्दा पनि मेरो किताबको प्रकाशक सांग्रिला बुक्सलाईनै सोध्नु होला है त त्यो किताब कहिले ल्याउने हो बजारमा ? भनेर ।

Post a Comment

  1. मेरो नाम केभिन एडम्स, बंधक ऋण उधारो एडम्स तिर्ने कम्पनी को एक प्रतिनिधि, म छ
    2% ब्याज मा ऋण दिनेछ। हामी विभिन्न को सबै प्रकार प्रदान
    2% ब्याज मा ऋण प्रदान गर्दछ। हामी ऋण को सबै प्रकार प्रदान। यदि तपाईं सम्पर्क अब यो इमेल एक ऋण आवश्यक adams.credi@gmail.com:

    ReplyDelete

 
Top