चोर्नुको पनि हद हुन्छ नि कृष्णजी !
पहिलेपहिले नेपाली फिल्मको पोस्टर चोर्न पल्केका निर्माताहरू अब त आफ्ना पुस्तकका कभरका तस्वीर पनि चोरेरै काम चलाउन थालेका छन् । रक्तकुण्डजस्तो चर्चित पुस्तक लेखेका कृष्ण अविरलले आफ्नो नयाँ पुस्तक ‘विषपुरुष’को कभर भने एक चिनियाँ वेबसाइटबाट हुबहु चोरेका छन् । उनले समुद्रको बिचमा प्रेमलापमा मग्न एक जोडीको तस्वीर आफ्नो प्रकाशोन्मुख ‘विषपुरुष’को कभरमा राखेका छन् ।
अविरलले यसअघि थुप्रै पुस्तकहरू नेपाली पाठक सामु पुर्याएर लोकप्रियता कमाइसकेको भए पनि यसरी आफ्नो आउन लागेको उपन्यासको कभरमा विदेशीको तस्वीर हुबहु चोरेर राख्नुहुन्थेन । हुन त उनले पुस्तकमा यसबारे स्रोत खुलाएका छन् वा छैनन् भन्नेसहित पत्रकार गोकर्ण गौतम यसो लेख्छन्, ‘पहिले–पहिले नेपाली फिल्मका पोस्टर चोरिएका हुन्थे तर आजकल त उपन्यासका कभरहरू पनि चोरिन थालेछन् । कृष्ण अविरलको नयाँ उपन्यास ‘विषपुरुष’को कभर पनि चोरिएको पाइयो । भलै उनले किताबभित्र स्रोत पनि खुलाएका हुन सक्छन् । तर, नबुझेको कुरा के हो भने ‘भर्जिन’ उपन्यास लेख्नेले कभर पनि ‘भर्जिन’ नै राख्न किन अल्छी गरेको होला ?’

Post a Comment