वाशिंटन पोष्ट बिक्रीमा
न्युजविकपछि अर्को पत्रिकालाई संकट
२२ साउन, न्युजविक पत्रिकाको छापा संस्करण बन्द भएर अनलाइन संस्करणमात्रै निस्कन थालेको वर्ष दिनपछि अमेरिकाको ‘वाटरगेट काण्ड’को खुलासाकर्ता चर्चित पत्रिका ‘वाशिंटन पोष्ट’को समेत प्रिन्ट संस्करण संकटमा परेको छ ।
इन्टरनेटका कारण घाटामा जान थालेपछि अमेरिकी पत्रिका ‘बाशिंगटन पोष्ट’ अनलाइन प्रकाशनको व्यापार गर्ने प्रमुख बेवसाइट अमेजानका प्रमुख जेफ बेजोसले २५ करोड डलरमा किन्न सहमत भएका छन् । ‘बाशिंगटन पोष्ट र उसका प्रकाशनका अन्य कारोबार बेजोसले आफ्नो निजी सम्पत्तिका रुपमा किन्न लागेका हुन् ।
पछिल्लो ८० वर्षदेखि ग्राहम परिवार यो पत्रिकाको मालिक रहेका थिए । पत्रिकाका मुख्य कार्यकारी अधिकारी डोनाल्ड ग्राहमले भनेका छन्-’पत्रिका उद्योगमा हामीले जुन चुनौति सामना गरिरहेका छौं, यसका आधारमा हामीले सोच्यौं कि यदि नयाँ मालिक भए यो पत्रिकाका लागि राम्रो हुन्छ ।’ उनले भनेका छन्-जेफ बेजोस आफै प्रविधि र व्यापारको प्रतिभाका रुपमा प्रमाणित भइसकेका छन् । उनको दीर्घकालीन दृष्टिकोण र व्यक्तिगत शालीनताका कारण उनी यो पत्रिकाको राम्रो मालिक साबित हुन्छन् ।’
दि बाशिंगटन पोष्ट कम्पनीमा अन्य सम्पत्तिका अलावा कापलानको पनि मालिकत्व छ, जो टेस्टको तयारी गर्ने कम्पनी हो । एक अज्ञात इकाईका रुपमा यसको स्वामित्व ग्राहम परिवारमै रहेको छ । यसको विक्री प्रक्रिया २ महिनामा पूरा हुने अपेक्षा गरिएको छ ।
वाशिंगटन पोष्टलाई वाटरगेट काण्डको कभरेजका रुपमा चिनिन्छ । तर, पछिल्ला वर्षहरुमा इन्टरनेटका कारण उसको विज्ञापनको कमाइ कम हुँदै गएको छ । यसले पनि पि्रन्टको कारोबारलाई वेबअनुरुप बनाउनका लागि संघर्ष गर्नुपरेको छ ।
Post a Comment