संस्मरण : कुकुरले टोकेको उजूरी गर्न राजाकहाँ जाने ?
● नसिर खान / बेल्जियम
उसको यो दुष्कर्ममा उसका घर परिबारलेपनि उसलाई साथ दिन्थे । हामीहरु भने कोलाहल गर्दै बतास जस्तै दौडी घर पुगेर सास फेर्थ्यौं । र घर का सबैलाई भन्थौ । घरकाले उसका घर का ठुलाबडाहरुलाई भन्थे । तर भोलि जस्ताको त्यस्तै । आजित भएर स्कूल जान नै मन लाग्न छोड्यो । पछि सो कुरा स्कूलको इतिहास शिक्षकले थाहा पाएर त्यो प्रदिपलाई १० मिनेट कुखुरा बन्ने सजाय दिए । र २ सिर्कनो पिडुलामा बजाएपछि उसले घरमा गएर आफ्नो बाउ आमालाई फलानो सरले हिर्काए । म स्कूल जान्न भनेर रुवाबासी गरेछ । नभन्दै त्यहि बेलुका प्रदीपको बाउले हाट बजार गएर त्यो शिक्षकको झाँको झारेछन । फेरी भोलिपल्ट बिहान स्कूल जाँदा त त्यहि कुकुर लिएर कुरी बसेको रहेछ । हाम्रो फेरी भागाभाग शुरु भइहाल्यो ।
त्यो बेला त बाँचियो । अब बेलुका घर कसरि फर्किने भन्ने पिरमा दिनभरि स्कूलमा के पढियो ? के पढाए केहि हेक्का रहेन । त्यो दिन स्कूलको लामो बिदा हुने अन्तिम दिन पनि थियो । बेलुका घर फर्किंदा उसको घर स्कूलबाट नजिक भएकोले हामी भन्दा पहिले नै पुगेर कुकुर लिएर तयार भइ बसेको रहेछ । अब भयो त ? कुकुर छोडीहाल्यो । हामी माथि “सर लाई भनेर मलाई कुटाई ख्याउने तिमिहरु नै होइन ? ” भन्दै । दौडिन त बेहिसाब दौडिएको थियौ । तर त्यो दिन चाहिँ मलाई कुकुरले २ ठाउँमा टोकेरै छोड्यो । मेरो अर्को साथीलाई पनि टोक्यो । अरु ३ जना साथीहरु चाहिँ बचे । यति भएपछि हामीहरु कोलाहल मच्चाउँदै रगत पिच्छे भएर घर पुग्यौं ।
घर मा सोध खोज भयो । घरका अभिभाबकहरु उसको घरमा कुरा गर्न गए । उसका घरका मान्छेले उसलाई लुकाएर “अहिले उ छैन । मामाघर गएको । छ भोलि आउँछ । अनि म बुझ्छु” भनेर पठाए छन् । भोलिपल्ट जाँदा पनि त्यस्तै भनेपछि हाम्रा घरकाले प्रहरी चौकी जान्छौं उजुरी गर्न भनिदिए । पछि ‘ल भोलि आउनु । स्वास्थ चौकी गएर चेक गरेर औषधीमुलो गरौंला’ भनेर मौखिक आश्वाशन दिएछन ।
त्यहि बेलुकी प्रदीपको बाउले चौकीका इन्चार्जलाई घरमा बोलाएर भोज खुवाएछन् । र आफ्नो पक्षमा पारेछन । भोलि पल्ट उनको घर जाँदा त “तिमीहरुको छोरालाई मात्र होइन तिमीहरुलाई पनि कुकुर खोलिदिन्छु । नत्र खुरुक्क यहाँबाट गइहाल । अब देखि मेरो घर अगाडिको बाटोबाट पनि कोहि हिँड्न पाउँदैन । कोहि हिँडेमा मेरो कुकुरले टोक्यो भने हामी जिम्मेबारी हुँदैनौं । प्रहरी चौकी जाओ । कि राजा सित जाओ । जे गर्छौ गर” पो भने ।
त्यहाँबाट हामीहरु प्रहरी चौकी तिर हानिएपनि न त न्याय पाइयो न त उपचार खर्च । पछि सुन्नमा आयो ‘त्यो प्रदीपको बाउ पनि त्यस्तै रे । अहिले सुन्नमा आएको छ त्यो प्रदीपको छोराहरु पनि त्यस्तै छन् रे ।’ ल हेर्नुस त गाऊँ घरमा हुने साना तिना गुन्डा गर्दी त रोकिएको छैन भनेपछि अनि के “भुत्रा” को नयाँ नेपाल ? “भुत्रा” को परिबर्तन ? पंचायत हुँदा पनि उनीहरु कै हालीमुहाली । प्रजातन्त्र आयो उनीहरु कै हालीमुहाली । १८ / १८ हजार मान्छे मारेर अर्को व्यवस्था आयो । उनीहरु कै हालीमुहाली । अनि हामी जस्ता सर्ब साधारणको शान्ति सित खाने र बस्ने दिन चाहिँ कहिले आउने त ? एउटै देशमा निम्नमुखी र सर्बहारा जनताको लागि भनेर नै तीन तीन पटक तीन तीन किसिमको व्यवस्था परिबर्तन भइसक्यो । तर सर्बसाधारण जनता जहिलेपनि मरेका मर्यै । त्यसैले मैले त कसम नै खाएको छु “जब सम्म नेपालमा साँच्चैको “आमुल” परिबर्तन हुँदैन, तबसम्म बरु किरा परेर यहिँ मर्छु तर देश फर्किन्न, जान्न ।”
मेरो नाम केभिन एडम्स, बंधक ऋण उधारो एडम्स तिर्ने कम्पनी को एक प्रतिनिधि, म छ
ReplyDelete2% ब्याज मा ऋण दिनेछ। हामी विभिन्न को सबै प्रकार प्रदान
2% ब्याज मा ऋण प्रदान गर्दछ। हामी ऋण को सबै प्रकार प्रदान। यदि तपाईं सम्पर्क अब यो इमेल एक ऋण आवश्यक adams.credi@gmail.com: