0

जवानले गोली हान्दा इन्स्पेक्टरको मृत्यु, दसैंबिदा नपाउँदा हत्या गरिएको अनुमान

  • तिनै जवानले आत्महत्या पनि गरे


     आश्विन २४ -
    सहयोगी प्रहरी जवानको गोली प्रहारबाट जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) को हत्या भएको छ ।
    सहयोगीसमेत रहेका प्रहरी जवान कमल शर्माले बिहीबार बिहान कन्चटमा गोली प्रहार गरि इन्सपेक्टर हेमराज भट्टको हत्या गरेका हुन् । भट्टको हत्यालगत्तै कमलले पनि पेटमा गोली हानेर आत्महत्या गरेका छन् ।
    कन्चटमा गोली हान्दा इन्सपेक्टर भट्टको खप्परको भाग नै उछिटि्टएको छ । प्रहरी नायव उपरीक्षक प्रज्वल महर्जन सुरक्षा समितिको बैठकमा भाग लिन नेपालगञ्ज गएकाले भट्ट नै निमित्त प्रमुख थिए ।
    भट्टको हत्याका लागि एसएलआर प्रयोग गरिएको हुनसक्ने अनुमान प्रहरी नायव उपरीक्षक प्रज्वल महर्जनले गरेका छन् । 'कुन हतियार प्रयोग भएको थियो भन्ने अनुसन्धान भइरहेको छ,' उनले भने ।
    गोली हान्नुको कारण
    प्रहरी निरीक्षक भट्ट बैतडीका हुन् भने प्रहरी जवान शर्मा दैलेखकै । भट्टको सहयोगकीकै रुपमा शर्मा कार्यरत थिए । बस्ने कोठा पनि सँगसँगै थियो ।
    गोली हान्नुको आधिकारिक कारण त खुलाइएको छैन तर सहकर्मी प्रहरीका अनुसार कमलले दसैँमा दुई दिन बिदा मागेका थिए । जिल्ला प्रहरीको निमित्त प्रमुख भट्टसँग मागिएको बिदा स्वीकृत नभएपछि उनी तनावमा थिए ।
    गोली हान्नुको कारण बिदा नपाएकै कारण हुन सक्ने अनुमान गरिएको छ ।
    थप छानबिन टोली आउँदै
    घटनाबारे छानबिनका लागि क्षेत्रीय प्रहरी कार्यालयबाट छानबिन टोली आउँदैछ ।

Post a Comment

 
Top