घोषणापत्रमा पनि कमल थापाले उछिन्दै
बोमलाल गिरी/
असोज २१–
अरु पार्टीले भन्दा पहिले उम्मेद्वार घोषणा गरेको राप्रपा नेपाल चुनावी घोषणापत्र सार्वजनिक गर्न पनि पहिलो हुने भएको छ । मुख्य दलहरु अलमलमै रहँदा राप्रपा नेपालले मंगलबार चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको हो । ‘हामीले सबै तयारी पूरा गरिसक्यौं, मंगलबार भव्य कार्यक्रमकाबीच घोषणापत्र सार्वजनिक हुन्छ’ पार्टी अध्यक्ष कमल थापाले जानकारी दिनुभयो ।
उम्मेद्वारी दिएका दल र नेताहरुलाई चुनाव लागिसकेको छ । धेरैले चुनावी प्रचार अभियान पनि सुरु गरिसकेका छन् । अब दशैं मान्न घर जानेहरुले त्यहीबेला प्रचारप्रसारको कामलाई तिव्रता दिँदैछन् । तर भोट माग्न गाउँगाउँ पुग्न लागेका मुख्य दलका नेताहरुसँग चुनावी एजेण्डा लेखिएको घोषणापत्र नै छैन ।
घोषणापत्र लेख्न दलहरुले आआफ्ना मस्यौदा समितिहरु बनाएका छन् र तिनिहरुले काम थालेको पनि महिना दिन बितिसक्यो । एकीकृत नेकपा माओवादीले झण्डै तीन हप्ताअघि नै घोषणा पत्र सार्वजनिक गर्ने बताएको थियो । तर घोषणा पत्र मस्यौदा समितिका सदस्य वर्षमान पुन, अनन्त अझै बेला बाँकी नै छ, भन्नुहुन्छ ।
‘उम्मेद्वारहरुको अन्तिम सूची नै आएको छैन, अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह पाएपछि मात्र खासमा मैदानमा जाने हो । त्यसैले मैदानमा जानेबेला हामी घोषणापत्रको खजना सहित पठाउँछौं’ अनन्तले भन्नुभयो ।
‘उम्मेद्वारहरुको अन्तिम सूची नै आएको छैन, अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह पाएपछि मात्र खासमा मैदानमा जाने हो । त्यसैले मैदानमा जानेबेला हामी घोषणापत्रको खजना सहित पठाउँछौं’ अनन्तले भन्नुभयो ।
नेपाली कांग्रेसको कुरा पनि योभन्दा खासै फरक छैन । कांग्रेस नेता डा. प्रकाशशरण महत घोषणापत्र आउन अझै केहि दिन लाग्ने बताउनुहुन्छ ।
‘कांग्रेसको एजेण्डा स्पष्ट छ, त्यसलाई औपचारिक रुपमा लिएर जाने मात्र हो । घोषणापत्र नभएपनि हामीले पार्टीको एजेण्डा स्पष्टसँग भनिरहेका पनि छौं र केही दिनमा घोषणापत्र पनि आउँछ’ उहाँले भन्नुभयो ।
‘कांग्रेसको एजेण्डा स्पष्ट छ, त्यसलाई औपचारिक रुपमा लिएर जाने मात्र हो । घोषणापत्र नभएपनि हामीले पार्टीको एजेण्डा स्पष्टसँग भनिरहेका पनि छौं र केही दिनमा घोषणापत्र पनि आउँछ’ उहाँले भन्नुभयो ।
यसअघि संविधानसभाको तेश्रो ठूलो दल, नेकपा एमालेले पनि घोषणा पत्रलाई अन्तिम रुप दिन मात्रै बाँकी छ भनेको धेरै दिन भइसके पनि त्यसलाई सार्वजनिक भनें गरेको छैन । प्रत्यक्ष तर्फका उम्मेदवारको सूचि बनाउन र एकले अर्को दललाई पर्खिदा पर्खिंदै धेरै समय खर्चिए दलहरुले । मुख्य तीन दलले घोषणा पत्र सार्वजनिक गर्ने तिथिमिति नतोकिसके पनि राप्रपा नेपालले भने पर्सिको मिति तोकिसकेको छ ।
उम्मेद्वारको अन्तिम नामावली त प्रकाशन भइसकेको छैन । तर पनि दलबाट उम्मेद्वारी पाएकाहरु भोट माग्न गाउँ पसिसकेका छन् । मतदातासामु जाँदा उम्मेद्वारसँग आफ्नो पार्टीको घोषणापत्र पनि साथै हुनुपर्ने हो । तर खासै नयाँ नीति, कार्यक्रम नभएर हुनसक्छ, घोषणापत्र पत्र दलहरुको प्राथमिकतामा परेको छैन ।
Post a Comment