0

 अतिक्रमणको चपेटामा दसगजा 
बारा जिल्लामा नेपाल भारतबीचको सिमाना (दसगजा) क्षेत्र केही समययता मासिने क्रम बढेको छ । दुबै देशका सिमा क्षेत्रका बासिन्दाले अतिक्रमण गरेर बाली लगाउने, सार्वजनिक सडकको रुपमा प्रयोग गर्ने, अन्नपात दाई गर्न खलो र गाईभौसी बाध्ने  गोठ निर्माण थालेपछि दसगाजा मासिने क्रम बढदै गएको हो ।

जिल्लाको छतवा, बरैनिया, मटिअर्वा, दक्षिण झिटकैया, कवही गोठ, बेल्दारी, कचोर्वा र पिपरपाति पचरौरता गाविसमा पर्ने दशगजा क्षेत्र अतिक्रमणको चपेटामा परेको छ । अन्तराष्ट्रिय प्रचलन अनुसार दशगजा क्षेत्रमा दुबै देशको सिमा स्तम्भबाट दा“या बा“या १०÷१० गज खाली रहनुपर्ने भए पनि अधिकांश स्थान मापदण्ड अनुसार कायम हुनसकेको देखिदैन । दसगजा क्षेत्र मासिएकै कारण दक्षिण झिटकैया गाविसमा स्थानीय र सिमावर्ति भारतीय बासिन्दाहरुबीच जमिनको स्वामित्वलाई लिएर बर्षौदेखि विवाद जारी छ । दक्षिण झिटकैयाका एक दर्जन किसानको प“चास बिघा भन्दा बढी धान खेत भारतीय किसानले दशगजा क्षेत्र मा“सेर जवरजस्ति हडपेको आरोप स्थानीयले लगाउदै आएका छन । अतिक्रमणले यहा“ रहेका सिमा स्तम्भ खेतको बिच भागमा परेको भने करिव ५ किमी क्षेत्रमा दशगजाको र सिमा पिलरको निसाना समेत बा“की छैन । त्यसैगरी छतवा, कबहीगोठ र बरैनिया“ गाविसमा पर्ने दशगजा क्षेत्रलाई स्थानीय सडक र आ“गनको रुपमा प्रयोग गर्दै आएका छन । य“हाको दशगजाको दुबैतर्फ दुबै देशका बासन्दान्दा वस्ति बसाएर दशगजालाई मुल सडकको रुपमा प्रयोग गर्दै आएका छन । केही स्थानमा कटान र नदीले धार परिवर्तन गरेर पनि दसगजाको अस्तित्व सकटमा परेको र सिमा यकिन गर्न नसकिने अवस्था उत्पन्न भएको छ । दुई देशको सिमाना छुट्याउने दशगजा क्षेत्र मासिने क्रम बढेपछि जिल्लाका कतिपय स्थानमा पनि नेपाल भारतको सिमा छुट्याउन नसकेर स्थानीयबीच पनि पटकपटक विवाद उत्पन्न हुने गरेको छ । 

सिमाको व्यवस्थापन र सुरक्षामा संवन्धित निकायबाट चासो नदेखाइएकाले दशगजा क्षेत्र अतिक्रमणमा परेको बताइन्छ । सुरक्षाकोलागि भन्दै नेपाल भारत दुबै देशबाट सिमा क्षेत्रमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको भएपनि ती निकायले सिमा क्षेत्रबाट हुने अपराधिक गतिविधि नियन्त्रण र शान्ति सुरक्षा बाहेक दशगजा संरक्षणमा प्रभावकारी काम हुन सकेको छैन । सिमानालाई स्थानीयले व्यक्तिगत प्रयोगमा ल्याएपछि दशगजामा संकटमा परेको कवही गोठ गाविसका पुर्वअध्यक्ष बच्चाप्रसाद यादवले बताए । ‘नियमति अनुगमन र निगरानी हुनुपर्छ,’ यादवले भने, ‘तर कारवाहीको अभावमा मनलाग्दी हुदै आएको छ ।’ संरक्षण र सुरक्षामा तत्काल ध्यान नदिने हो भने दशगजा क्षेत्र लोप भएर जाने सिमावर्ती दक्षिण झिटकैयाका शिक्षक गोपालजीप्रसाद पटेल पनि बताउछन । उनले भने, ‘सिमा वारी र पारीका दुबै देशका स्थानीय बासिन्दामा सिमा मास्ने होडबाजी जस्तै चलको छ ।’  अतिक्रमण नियन्त्रण गरेर दशगजा खाली र व्यवस्थित गराउन दुबै देशको प्रशासनले संयुक्त अभियान थाल्नुपर्ने उनले बताए । सिमा सुरक्षा बल कलैयाले जिल्लामा ६० किलो मिटर दशगजा क्षेत्र रहेको र सिमा निर्धारण गर्ने ६ सय ८५ वटा ठुला र साना तथा मझौला गरी थप ५ सय १६ सहायक स्तम्भ रहेको जनाएको छ । 














Post a Comment

 
Top