दक्षिण सुडानमा पनि दशैंको रमझम
विमल विष्ट
– नेपालमा दशैंको रमझम सुरु भएसँगै अफ्रिकी मुलुक दक्षिण सुडानमा पनि दशैंको रमझम सुरु भएको छ ।
शान्ति स्थापनार्थ अफ्रिकी मुलुक दक्षिण सुडानमा खटिएका नेपाली सेनाका ब्यारेकमा शनिबार दशैं घरमा विधिवत रुपमा जमरा राखिएको छ ।
सुडानमा खटिएको ईन्द्रबक्स गणले शनिबार ब्यारेक हाता भित्रको दशैं घरमा जमरा राखेको हो । घट्स्थापनासँगै यहाँका शान्ति सैनिकका ब्यारेकमा चहल पहल बढेको छ भने ब्यारेक वरिपरि सिंगारिएको छ । नेपालीको यो शैली देखेर त्यहाँ खटिएका अरु देशका सैनिक पनि निकै खुसी भएको देखिएको छ ।
शान्ति स्थापनार्थ दक्षिण सुडानमा खटिएका ईन्द्रबक्स गणका गणपति भरतचन्द्र गुरुङले नेपालीको महत्वपूर्ण चाड भएकाले आफूहरु देश बाहिर भएपनि रमाइलो गरेर मनाउन लागिएको बताउनुभयो ।
-
Post a Comment