नेपालगञ्जमा इदको रौनक
असोज ३० -
नेपालगन्जस्थित इदगाहमा हजारौं इस्लाम धर्मावलम्बीहरुले सामुहिक नमाज पढ्दै बुधवार बकराईद (इदुज्जोहा) मनाएका छन् ।
हज र कुर्बानी गर्नुपर्ने प्रमुख विशेषता रहेको यस पर्वमा हैसियत हुने मुसलमानका लागि हज र कुर्बानी अनिवार्य रहेको मुस्लिम अगुवा भोला सिद्धिकीले जानकारी दिनुभयो ।
नेपाली काङ्ग्रेसका सभापति सुशिल कोइरालालगायत संविधानसभा निर्वाचनका उम्मेद्वारहरु बकरिदको शुभकामना आदानप्रदानका लागि विपीचोकस्थित इदगाहमा पुग्नुभएको थियो ।
एकआपसमा अङ्गालो हालेर खुशी साटासाट गर्दै बाँकेमा बकरिद (इदउलअजहा) धुमधामका साथ मनाइएको छ ।
मुस्लिम समुदायको बाहुल्यता रहेको बाँकेको नेपालगञ्जमा विहान इदगाहमा हजारौं इस्लाम धर्मावलम्बीहरुले सामुहिक नमाज पढेका हुन् । वकरिद तीन्दिनसम्म धुमधामका साथ मनाउने गरिन्छ ।
सामुहिक नमाजस्थलमा हिन्दु समुदायका मानिसहरु पनि पुगेर मुस्लिम समुदायलाई वकरिदको शुभकामना साटासाट गरेका थिए । मुसलमानहरुको पाँच आधारभूत कुराहरुमा हज पनि एउटा हो ।



Post a Comment