0

रहेनन् डा. चित्रा वाग्ले


लामो समयदेखि एपेन्डिक्सको क्यान्सरबाट पीडित डा.चित्राप्रसाद शर्मा वाग्लेको उपचारको कर्ममा भर्खरै ग्रान्डी अस्पतालमा निधन भएको छ। किमो दिने क्रममा उनलाई गत आइतबारदेखि आइसीयुमा राखेर उपचार गराइरहेको थियो । आइतबार नियमित परीक्षणमा गएका उनलाई एक्कासी स्वास्थ्यमा थप समस्या देखिएपछि आइसियुमा राखेर उपचार सुरु गरिएको परिवारले जनाएको थियो ।
अस्पताल स्रोतका अनुसार अपरान्ह १२ बजेर ५ मिनेटमा उनको निधन भएको हो । 
दुई नाबालक छोरी र एक अपा‌ङ्ग छोराका पिता वाग्लेले १३ महिना राजीव गान्धी अस्पताल बसेर २२ पटक किमो दिँदा पनि स्वास्थ्य सुधार नभए पछि उनलाई थप उपचारको लागि अमेरिका वा क्यानडाको लागि रिफर गरिएको थियो । डेढ लाख डलर पर्ने उपचार खर्च जुटाउन नसकेपछि उनी काठमाडौ‌ फर्किएका थिए । उनलाई आर्थिक सहयोग जुटाउन स्वदेश र विदेशमा बसेका नेपालीले ठुलो अभियान नै चलाएका थिए । उनको सहयोगार्थ बै‌कमा करिब २० लाख जुटिसकेको थियो । 
दुई महिनाअघिको भेटघाटमा उनले आफ्नो मृत्यूभन्दा बढी पीर नाबालक सन्तानको भविष्बायबारे देखाएका थिए । 
पछिल्लो समयमा उनी आफैँले मृत्यू नजिक खिचिएको बताउँदै आर्थिक सहयोगको अपिल गरेका थिए । उनका ६ र ८ वर्षीय दुई छोरी र ११ वर्षीय अपाङ्ग छोरा छन् । जन्मजात मानसिक रुपले अपा‌ङ्ग छोराको रेखदेखका कारण श्रीमती पूजा पराजुलीले परिवारका लागि आर्थिक भारमा सहयोग गर्न सकेकी थिइनन् । 

'जीवन भ्रम, डेथ इज रियालिटी'


Post a Comment

 
Top