0

एउटै क्षेत्रमा एमालेका दुई उमेद्वार

 असोज १७ – 
नुवाकोटबाट उमेद्वारी दर्ता गर्ने क्रममा नेकपा एमालेमा आधिकारिकताको विवाद भएको छ । क्षेत्र नं. २ मा एमालेको तर्फबाट २ जनाको मनोनयन दर्ता भएको छ ।
पार्टी अध्यक्ष झलनाथ खनालको हस्ताक्षर भएको पत्रमा टिपेक्स लगाएर बद्री मैनालीले मनोनयन दर्ता गराउनुभएको छ । एमालेले क्षेत्र नं. २ मा बिन्दा ढुंगानालाई टिकट दिएपनि ढुंगानाको टिकटमा टिपेक्स लगाएर मैनालीको नाम लेखेर दर्ता गरिएको थियो ।
मैनालीले मनोनयन दर्ता गरेको १५ मिनेटपछि शान्ता थापा अधिकारीले आफूलाई पार्टीको आधिकारिक उम्मेद्वार भन्दै मनोनयन दर्ता गराउनुभएको । अधिकारीले ल्याएको पत्रमा भने मैनालीको जस्तो टिपेक्स लगाइएको छैन ।
२ नं. क्षेत्रीय निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले शुक्रबार अपरान्ह पाँच बजेसम्म पार्टीको आधिकारिक पत्र ल्याउने उम्मेद्वार नै आधिकारिक हुने बताउनुभयो । ‘टिपेक्स लगाएकोलाई आधिकारिक मान्न नसकिने भएकोले शुक्रबारसम्म अर्को पत्र ल्याउन नसके मैनालीको मनोनयन रद्ध हुन्छ’ अधिकृत भट्टराईले भन्नुभयो ।
टिपेक्स लगाएर क्षेत्र नं. २ मा मनोनयन दर्ता गराएका मैनालीले क्षेत्र नं. ३ मा एमालेको बागी उम्मेदवारको रुपमा स्वतन्त्रमा पनि मनोनयन दर्ता गराउनुभएको छ । क्षेत्र नं. ३ मा एमाले जिल्ला अध्यक्ष नारायणप्रसाद खतिवडाको उम्मेदवारी परेको छ ।

Post a Comment

 
Top