एमाओवादी र एमालेका कार्यकर्ताबीच कुटाकुट
संविधान सभाको निर्वाचनलाई लिएर काभ्रेको पाँचखालमा एकीकृत नेकपा माओवादी र एमालेका कार्यकर्तावीचमा कुटाकुट भएको छ ।
पाँचखाल–६ बमेक्से दोभानमा भएको कुटाकुटमा जैसिथोक –३ का एमाले कार्यकर्ता यज्ञप्रसाद न्यौपाने घाईते हुनुभएको छ । उहाँको अगाडीको ७ वटा दाँत भाँचिएको छ ।
न्यौपानेलाई जैशिथोक–९ का एमाओवादीका कार्यकर्ता जयराम अधिकारीले मुक्का हानेका थिए । न्यौपानेको चाबहिल स्थित हेल्पिङ ह्याण्ड अस्पतालमा उपचार भइरहेको छ ।
Post a Comment