0

निर्वाचन बिरोधी १८७ घटना ७१ जनालाई कारबाही

- काठमाडौं क्षेत्र ४ का एमाले उम्मेदवार निर्मल कुइँकेलको चुनावी प्रचारमा प्रयोग भएको बा३च ५२५४ नम्बरको गाडी शुक्रबार मैतीवेदीमा आगजानी भयो । चालक गाडी रोकेर खाना खान गएका बेला उनको गाडीमा आगजानी भएको हो । राजधानीमा आगजानीको घटना यो पहिलो होइन । सोमबार कांग्रेस नेता नरहरी आचार्यको गाडीमा पनि धापासीमा आगो लगाई दिएको थियो । यही दिन एमाले नेता राजेन्द्र पाण्डेको गाडीमा पनि आगजानीको प्रयास भएको थियो ।

त्यस्तै कांग्रेस उपसभापति एवं तनहु क्षेत्र नम्वर २ का उम्मेदवार रामचन्द्र पौडेल सुतेको राम्जाकोट २ रुपटार स्थित गोविन्द गिरीको घरमा बुधबार मध्यरातमा अज्ञात समुहले पेट्रोल बम विस्फोट गराए । सशस्त्र, नेपाल प्रहरी र उनको अंगरक्षक सहित १५ जना सुरक्षाकर्मीको घेरामा रहेका उनलाई लक्षित गरेर ४ वटा पेट्रोल बम प्रहार भयो । बम बिस्फोट हुदा मानविय क्षती भने हुन पाएन । पौडेलले चढ्ने बा ६ च ७५५५ नम्बरको स्कारपियो जिपको केही भागमा मात्रै क्षति पुग्यो । आगजानी र बम बिस्फोट मात्रै होइन उम्मेदवारलाई लक्षित गरेर शनिबार भोजपुरमा गोली प्रहार समेत भएको छ । भोजपुर क्षेत्र नं १  एम्ाालेका उम्मेदवार कृपाशुर शेर्पाको टोलीमाथि अज्ञात समूहले गोली फयारिङ गरी आक्रमणको प्रयास भएको हो । कुदाककाउले गाविसमा चुनावी सभाका लागि जाँदै गरेको उम्मेदवार सहितको एमाले टोलिमाथि ३ राउन्ड गोली चलाएको एमालले जनाएको छ ।
निर्वाचन बिरोधी यस्ता अपाधिक घटना पछिल्लो समय मुलुकभर बढेको छ । प्रहरी मुख्यालयका अनुसार निर्वाचन प्रक्रिया सुरु भएयता मुलुकभर १ सय ८७ घटना भएको छ । त्यसमा उम्मेदवार माथिको आक्रमण, दलका कार्यकर्ताबीचको झडप, बन्द, तोडफोड, आगजानी लगायत रहेको छ ।
दाङ  क्षेत्र नं. २ एमालेकी  उम्मेदवार शान्ता चौधरीले उम्मेदवारको सुरक्षाको लागि अंगरक्षक दिएपनि असुरक्षित महसुस भइरहेको बताए । 'जतिबेला पनि अपि्रय घटना हुन सक्छ । भोली के भइहाल्छ कि, केही गरिहाल्छ कि भन्ने डर हुन्छ,'उनले भने,'दिनहुजसो आगजानी, तोडफोड भइरहेको छ । सुरक्षाकर्मी भएर पनि सुरक्षित छैनौ ।' उनको गाडी पनि आगजानी भएको थियो । प्रहरीले आगजानी गर्ने व्यक्तिको पहिचान गर्न ढिलाई गरेको उनले बताए
असुरक्ष्ाित भएको भन्दै प्रहरी कार्यालयमा निवेदन दिने अधिकांश उम्मेदवारलाई अंगरक्षक समेत दिन थालेको छ । उपत्यकाको काठमाडौं, भक्तपु्र र ललितपुरमा पनि अंगरक्षकको माग बढेको प्रहरीले जनाएको छ । तीन जिल्लामा १० भन्दा बढी उम्मेदवारले अंगरक्षक लिएको प्रहरीले जनाएको छ । अन्यत्र भन्दा तराईको जिल्लामा अंगरक्षक लिने उम्मेदवार बढी छन् ।
क्षेत्रगत रुपमा सबै भन्दा बढी मध्यपश्चिम र सुदुरपश्चिमा निर्वाचन बिरोधी घटना भएका छन् । प्रहरीका अनुसार मध्यपश्चिमा ५०, पूर्वाञ्चलमा ४४, मध्य क्ष्ाेत्रमा २८, पश्चिमाञ्चलमा ३६,  सुदुरपश्चिमा २३ र उपत्यकामा ६ वटा निर्वाचन बिरोधी घटना भएको छ ।
घटनामा संल्लन मध्ये १ सय ९१ जनालाई पक्राउ गरेको प्रहरी मुख्यालयका प्रवक्ता बरिष्ठ प्रहरी उपरिक्षक गणेश केसीले बताए । त्यस मध्ये ७१ जनालाई अनुसन्धानका लागि विभिन्न मुद्धा दर्ता गरिएको छ । पक्राउ परेका व्यक्तिलाई छाडनु पर्ने माग राखेर नेकपा माओबादीका कार्यकर्ताले विभिन्न जिल्लामा बन्द समेत गरेका छन् । 'धेरैजसो घटनामा संलग्नलाई पक्राउ गरेको छ,'उनले भने,'केही घटनामा संलग्न व्यक्तिहरुको पहिचान गर्ने काम भइरहेको छ ।'
केसीका अनुसार बारामा एमालेका तत्कालिन एमालेका उम्मेदवार मोहमुद आलमको हत्यामा संलग्नलाई कर्तव्य ज्यान मुद्धा, सिन्धुपाल्चोक १ र नुवाकोटमा ११ जनालाई  ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता भएको छ । पक्राउ पर्ने अधिकांश नेकपा-माओबादीका कार्यकर्ता हुन । सप्तरी, ताप्लजेङ, इलाम, पाचथर, झापा, उदयपुर, मोरङ, बारा, धनुषा, सिन्धुपाल्चोक, नुवाकोट, रुपन्देही, दाङ, जाजरकोट, सुर्खेत, डोटी, डडेलधुरा, कैलाली कञ्चनपुरमा निर्वाचन बिरोधी गतिविधिमा संलग्नलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको केसीले बताए । बारा, नुवाकोट र सिन्धुपाल्चोक बाहेक अन्यत्र पक्राउ परेका सबैलाई सार्वजनिक मुद्धा चलाइएको उनले बताए ।
उम्मेदवार माथिको आक्रमण बढेपछि सुरक्षा सतर्कत बढाएको सरकारले दाबी गरेको छ । तर उम्मेदवारहरु असुरक्षित रहेको बताउछन । काठमाडौं क्षेत्र नम्बर १ का एमाओबादीका उम्मेदवार रणु दाहालले निर्वाचन बिरोधी गतिविधि बढेकोले सुरक्षा व्यवस्था चुस्त बनाउनु पर्ने बताए । 'चुनाव बिरोधी घटना बढिरहेको छ । फितालो सुरक्षाले अब हुदैन । गम्भिर व्यवस्थापन गर्नु जरुरी  छ,'उनले भने ।

Post a Comment

 
Top