0

आज कुकुर तिहार

 यम पञ्चकको दोस्रो  दिन आज कुकुरको पूरा गरी कुकुर तिहार मनाइदैछ । यमपञ्चक हिजो काग पूजा गरेर तिहार सुरु भएको हो ।
कार्तिक कृष्ण चतुर्दशीमा कुकुर तिहार भन्दै इमान्दार, स्वामीभक्त र भैरवको बाहनका रुपमा समेत परिचित कुकुरलाई मिष्ठान्न, खानेकुरासहित फूलमाला र टीकाले पूजा गर्ने गरिन्छ । कालो र रंगीविरंगी (चितला) दुई कुकुर मृत्युदेवका छोरा र यमराजका सेवकलाई दीपदान गरेमा यमराज खुसी हुने शास्त्रमा उल्लेख छ ।
कार्तिक कृष्णपक्ष त्रयोदशीदेखि कार्तिक शुक्लपक्ष दितियासम्म पाँच दिन यमपञ्चक, दीपावली तथा तिहार मनाइन्छ । यो चाडमा पहिलो दिन काग, दोस्रो दिन कुकुर, तेस्रो  दिन लक्ष्मी तथा गाई र चौथो दिन गोवद्धन र पाँचौं दिन भाइ पूजा गर्ने गरिन्छ ।
यमलोकका राजा यमराजले समेत आफ्ना दैनिक कार्यलाई स्थगन गरेर पाँच दिनसम्म बहिनी यमुनाको पाहुना हुन जान्छन् भन्ने पौराणिक कथन छ । यसैले गर्दा यो चाडलाई यमपञ्चक पनि भनिन्छ ।

Post a Comment

 
Top