0

भाइमसला महँगो र मिसावट 

 कात्तिक १८ –

 तिहारमा धेरै कारोबार हुने भाइमसलाको भाउ बढेपनि गुणस्तर भने नभएको उपभोक्ताले गुनासो गरेका छन् ।

प्याकेट र बट्टामा राखिएका भाइमसलामा हुने ड्राई फ्रुट्सहरु कुहिएका, अनुपात नमिलेका तथा निकै थोरै भएको पाइएको उनीहरुले बताएका छन् ।
भाइमसालाको प्याकेट तथा बट्टाको भाउ पोहोरको तुलनामा ४० देखि ५० प्रतिशतले बढेको छ ।
त्यस्ता प्याकेटमा राखिने काजु, किसमिस, पिस्ता बदाम, नरिवल, छोहरा, नरिवलको भाउ बढेकाले सबै सामान मिलाएर राख्दा भाउ स्वभाविक रुपमा बढी हुने बिक्रेताको भनाइ छ । यस्तै बजारमा माटोको पाला, बिमिरो, कटुस, कपासको बत्ती, जौ तिल, धानको लावा, मैनबत्ती, अगरबत्ती, धुप, लगायतका सामानको भाउ पनि बिक्रेताले बढाएका छन् । अघिल्लो वर्ष सयकडा ४० देखि ५० रुपैंयामा पाईने कपासको बत्ती अहिले ७० देखि ८० रुपैयाँमा कारोबार भएको छ । पालामा राखेको मैनबत्तीमा पनि पोहोरको तुलनामा आधा भन्दा बढीले भाउ बढेको छ ।
सबैतिर भाउ बढेकाले तिहारका सामानमा पनि सामान्य रुपमा भाउ बढेको बिक्रेताको भनाइ छ । तर धेरै महंगो भएकाले कारोबार भने केही प्रभावित भएको उनीहरुले बताएका छन् ।

Post a Comment

 
Top