तिहार र आसन्न संविधानसभा सदस्य निर्वाचनलाई मध्यनजर राखी प्रहरीले धनगढीमा सुरक्षा व्यवस्था कडा पारेको छ रे । तर, दिउँसै खुकुरी, रड लगायतका हतियार बोकेर बजारमा हिडेकै छन् । आज (कात्तिक १८ गते) एकजना खुकुरी बोकेर हिडेको भेटिए/देखिए उनले शरिरमा लुकाइ राखेको खुकुरी एकाएक एलएन चोकनेर खस्यो । ती युवक खुकुरी छोडेर हत्तपत्त त्यहाँबाट भागे । प्रहरी प्रमुख र १०० नंम्बरमा घटना र खुकुरी भेटियो भनेर खबर गरेको एक घण्टासम्म पनि आएनन् । सुरक्षा व्यवस्था त कडै गरिएको रहेछ । ढुक्क भएर वसे हुन्छ तर केही घटना भइहाले प्रहरीलाई जानकारी नगराए हुन्छ सकिन्छ भने आफैं समस्याको समाधानतिर लाग्नु होला ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment