0

तरुण दलका नेताको हत्या, चार एमाले कार्यकर्ता पक्राउ

 तरुण दल दैलेखका जिल्ला समिति सदस्य नविनसिंह रानामगर मंगलबार मृत्त अवस्थामा फेला परेका छन्। सल्लेरी गाविस– ३ स्थित घर नजिकै खोल्सामा मृत अवस्थामा भेटिएका ३४ वर्षीया रानाको हत्या गरिएको आफन्तले बताएका छन्।

तिहारको अघिल्लो दिन देउसी भैलो खेल्ने क्रममा राजनीतिक विषयलाई लिएर एमाले सम्वद्ध यूवाहरुसग झगडा भएको र गाउँलेहरुले छुटाएका स्थानीय हरि रानाले बताए। 'त्यही साँझबाट नविनसँग सर्म्पक विच्छेद भयो,' काँग्रेस नेता समेत रहेका  रानाले भने, 'भोली (तिहारको दिन) दिनभर खोज्यौ कहि भेटाए नै साँझतिर रक्ताम्मे अवस्थामा मृतअवस्थामा फेला पर्‍यो।'
घटनास्थल नजिकै रगत बगेकाले राजनितिक प्रतिशोधका कारण छोराको हत्या गरिएको परिवारजनले  आरोप लगाएका छन्। बारीबाट लछारेर खोल्छामा फालिएकाले रगत ठाउँठाउँमा बगेको स्थानीयको भनाई छ। संविधान सभाको चुनावमा कांग्रेसको लहर देख्न नसकेर हत्या गरिएको नेपाली कांग्रेसका सभापति कृष्णकुमार विसीले बताए।

तरुण दलका नौमूले क्षेत्रका उदयमान नेताको हत्याका दोषीलाई छिटोभन्दा छिटो कार्वाही दायरामा नआए जस्तोसुकै कदम उठाउन पनि पछि नहट्ने नेपाली कांग्रेस दैलेखले जनाएको छ। घटनास्थलमा दैलेख सदरमुकामबाट प्रहरी निरीक्षकको नेतृत्वमा थप प्रहरी अनुसन्धानका लागि पठाइएको र घटनाको विस्तृत विवरण केही दिनमै बाहिर ल्याउने जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ। प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी प्रज्वल महर्जनले बताए।

त्यस्तै हत्या आंशकामा एमालेका ४ जना कार्यकर्ताहरुलाई पक्राउ परेका छन्। प्रहरीले उनीहरुलाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय नौमुलेमा राखेको छ। 'उनीहरुलाई घटनाका बारेमा सोधपुछका लागि पक्राउ गरिएको हो,' डिएसपी महर्जनले भने। नविन बुवा दिलबहादुर रानालाई राजनितिक प्रतिसोधका कारण ०६१ मा सदरमुकामको डेकेन्द्र चौकमा गोली हानी हत्या गरेका थिए।

Post a Comment

 
Top