आचारसंहिता बिपरित गाडीको लस्कर लिएर एमाले अध्यक्ष खनाल घरदैलोमा
कात्तिक १६
निर्वाचन आचारसंहिताविपरित २० वटा भन्दा बढी सवारी साधनहरूको लाइन लगाएर इलाम क्षेत्र न १ मा घरदैलो अभियानमा नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल निस्किनुभएको छ । आज तामझाम सहित आउनु भएका अध्यक्ष खनालले क्षेत्र न १ अन्तर्गत गोदकका जौबारी, नारायणचोक, घट्टा र राजदुवालीमा कार्यक्रम गर्नुभयो ।
कार्यक्रममा नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले एमाले नै देशको किसान मजदुरसहित आम जनसमुदायको सच्चा पार्टी भएको बताउनु भएको छ । क्षेत्र नम्बर १ गोदकमा बिहीबार गरेको चुनावी कार्यक्रमका क्रममा बोल्दै यस्तो बताउनु भएको हो । उनले काङ्ग्रेस र माओवादीभन्दा एमाले योग्य भएको चर्चा गर्दै भने, ‘यसअघिको निर्वाचनमा नेकपा माओवादीले झुक्याएर र गलत प्रचार गरेर जनतालाई ढाँटेर सबैभन्दा ठूलो पार्टी बन्यो तर उसले संविधानसभामा यसअघि प्रचार गरेजस्तो भूमिका निभाएन ।
काङ्ग्रेस बुढो भयो अब काङ्ग्रेसले केही गर्न सक्दैन । अब सबैथोक गर्नसक्ने, संगठन भएको, जनताको साथ पाएको, उग्र बामपन्थी र दक्षिणपन्थीलाई परास्त गर्न सक्ने पार्टी एमाले हो ।’ जनताले पार्टीहरुसँग परिवर्तन, विकास चाहेको उल्लेख गर्दै खनालले जनताको आशा अनुसारको कृषि क्रान्ति, औद्योगिक क्रान्ति जस्ता काम गर्ने क्षमता एमालेमा मात्र भएको भन्दै काङ्ग्रेसले त्यस्तो परिवर्तन गर्न नसक्ने बताउनुभयो ।
संविधान बनाउन पनि योग्यता, क्षमता र अनुभव एमालेसँग मात्र भएको, यसअघि २०४६ र २०६२ सालको आन्दोलनमा ठूलो भूमिका निभाउने पार्टी एमाले भएको कारण एमालेको विकल्पमा मुलुकलाई अग्रगतिमा लान सकिने अवस्था नभएको पनि उहाले बताउनुभयो । घट्टामा भएको कार्यक्रममा ७१ जना एमालेमा प्रवेश गरेकालाई खनालले अबिर लगाएउनु भएको थियो ।
Post a Comment