नेपाल संवत् ११३४ शुरु, यस्तो देखियो नयाँ बर्ष शुभारम्भ.
१८ कार्तिक,
आजदेखि नेपाल संवत् ११३४ शुरु भएको छ । लिच्छवी राजा राघवदेवको पालामा शङ्खधर साख्वाःले नेपालीहरूको ऋणमोचन गरी देशको नामबाट नेपाल संवत सुरु गरेकोले त्यही दिनदेखि नेपाल संवत् मनाउने गरिएको हो । नेपाल संवत्का प्रवर्तक शङ्खधर साख्वाःको देश र जनताप्रतिको योगदानको कदर गर्दै तात्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको नेतृत्वको सरकारले २०५६ मङ्सिर २ गते साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गरेको थियो ।
यस्तै नेपाल संवत्लाई २०६५ कात्तिक ७ गते नेपाल संवत्लाई राष्ट्रिय मान्यता प्रदान गरिएको हो । नेपाल संवत्का अवसरमा राष्ट्रपति, मन्त्रिपरिषदका अध्यक्षलगायतले शुभकामना दिनुभएको छ ।
Post a Comment