गुनासो युक्त शुभ कामना साँझ, डेनमार्क
विगतमा जस्तै दशैं तथा तिहार शुभ कामना साँझ गर्ने अनि गतवर्षभन्दा भिन्न र भव्य गर्ने भनिएको गैरआवशीय नेपाली संघ, डेनमार्कको शुभ कामना साँझ कोपनहेगनमा सम्पन्न भएको छ ।
उक्त शुभ कामना साँझमा नेपाली हास्य कलाकार केदार घिमिरे, विल्सन बिक्रम राई र रोज मोक्तानहरु अतिथी कलाकारको रुपमा सहभागी रहेका थिए भने स्थानिय कलाकारहरु तथा बालबालिकाहरुको गायन, नृत्य र देउसीभैली गायन कार्यक्रम रहेको उक्त शुभ कामना साँझमा विगतमा जस्तै महामहिम राजदूत मुक्तिनाथ भट्ट उपस्थित हुनुभएर डेनमार्कवासी नेपालीहरूलार्इ शुभ कामना दिनु भएको थियो । शुभ कामना कार्यक्रममा संघका पदाधिकारीहरू लगायत स्थानिय अन्य संगठनका प्रतिनिधी समेत उपस्थित रहेका थिए ।
६०० भन्दा बढि दर्शकहरु सहभागी रहेको ठूलो हलमा, आवश्यक साधन श्रोतको कमी खड्कीएको, खानपिनको व्यवस्थापन फितलो रहेको आदि गुनासाहरु गरेर भए पनि दर्शकहरु एकआपसमा गफगाफ गर्दै आफ्नै प्रकारले रमाईरहेका थिए ।
अतिथी कलाकारहरुको प्रस्तुती ध्वनीको झिनोपनका कारण नबुझिए तापनि दर्शकहरु बेलाबेला उत्साहका कारण चिच्याई रहेका थिए । उपस्थित दर्शक मध्येका केहीले ग्लोबल नेपाललाई आज दिनभरी जसो फोन गर्दै कमीकमजोरी औंल्याईदिन आग्रह गरेका छन् ।
संकलित आग्रहको समिक्षात्मक हरफहरू लेख्दा, आगामी दिनमा आयोजकले विगतका कमीकमजोरीहरुलाई विस्तारमा औंल्याएर भावी कार्यक्रम तय गर्दा व्यापक सुधार गर्नु पर्ने, भान्साको व्यवस्था नभएको हलमा खानपिनको व्यवस्था नगर्ने, प्राविधिक साधनश्रोतहरु भाडामा ल्याए जस्तै दक्ष प्राविधिक पनि पारिश्रमिक दिएरै लिनु पर्ने र स्थानिय कलाकार तथा समाज सेवामुखि अन्य संस्थाहरुको भूमिकाको उचित मूल्यांकन गरी सबैप्रति समदृष्टि अपनाईनु पर्ने ईत्यादि सुझावहरु ग्लोबल नेपाल मार्फत आयोजक समक्ष पुर्याईदिन आग्रह गरेका छन् ।
Post a Comment