शिर्ष नेताहरु चुनाव हार्दै -सर्वेक्षण
रवि धामी
-संविधान सभाको आसन्न निर्वाचनमा ठूला दलका शिर्ष नेताहरु चुनाव हार्दै गरेको एक सर्वेक्षणले देखाएको छ । नेपालमा रहेका विदेशी कुटनितिकनियोगहरुले गिरेको नर्वाचनको प्रारम्भिक सर्वेक्षणले शिर्ष नेताहरुले चुनाव हार्ने देखाएको हो । स्रोतका अनुसार छिमेकि भारत, चीन र संयुक्त राज्य अमेरिकाका नेपाल स्थित नियोगहरुले गरेको सर्वेक्षणमा अप्रत्यासित रुपमा नेकपा एमाले पहिलो, नेपाली कांग्रेस दोस्रो र एनेकपा माओवादी तेस्रो तथा राजावादी पार्टी राप्रपा नेपाल निर्वाचनपछि चौथा् ठूलो दल हुनेपनि प्रारम्भिक सर्वेक्षणले देखाएको छ । मद्येशवादी दलहरुको अवस्था भने सर्वेक्षणमा अत्यन्त नाजुक देखाइएको छ ।
नेपाली काग्रेसका सभापति सुशिल कोईराला, वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेल तिनै जनाले निर्वाचनमा पराजय भोग्नु पर्ने अवस्था आएको छ । त्यसैगरि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन हार्ने तथा अर्का नेता बाबुराम भट्टराईले रुपन्देहीमा हार्ने तथा गोरखाबाट जिmनो मतले चुनाव जित्ने दाबी सर्वेक्षणमा गरिएको छ । एमाले अध्यक्ष जmलनाथ खनाल तथा वरिष्ठ नेता माधवकुमार नेपालले पनि चुनाव हार्दै गरेका छन । सर्वेक्षणमा कांग्रेस महामन्त्रिद्धय कृष्णप्रसाद सिटौला र प्रकाशमान सिहले भारी मतले निर्वाचन जित्ने देखाइएको छ भने एमाओवादीका नारायणकाजी श्रेष्ठ, तथा एमालेका केपी ओली र वामदेव गौतमले निर्वाचन जित्ने देखाइएको छ । त्यसैगरि मद्यशवादी दल मध्ये तमलोपामा अध्यक्ष महन्त ठाकुरले चुनाव जित्ने देखाइएको छ ।
कांग्रेस सभापति कोईरालाले चितवनमा बागी उम्मेदबारले तथा बांकेमा कार्यकर्ताभित्र चरम असन्तुष्टिका कारण, शेरबहादुर देउवाले डडेल्धुरामा प्रत्यासि एमाओवादीका युवा उम्मेदबारको लोकपृयताका कारण र कैलालीमा सेती र महाकालीको मुद्दाका कारण तथा उपसभापति रामचन्द्र पौडेल आफ्नै पार्टीका बागी उम्मेदबारका कारण निर्वाचन हार्दै गरेको सर्वेक्षणमा देखाइएको छ । एमाओवादी अध्यक्ष प्रचण्डले काठमाण्डौमा बिगतमा निर्वाचन जितेपछि मतदातालाई वास्ता नगरेको तथा विपक्षि पार्टीले स्थानिय नेवार समुदायबाट उम्मेदबार बनाइउकाले तथा सिराहामा पाहुना उम्मेदबार भन्दै निर्वाचनमा हार्ने देखाइएको छ भने बाबुराम भट्टराईले रुपन्देहीमा एमालेका लोकप्रिय उम्मेदबारका कारण चुनाव हार्दै छन । त्यसैगरि एमाले अध्यक्ष जmलनाथ खनाल र वरिष्ठ नेता माधवकुमार नेपालको निर्वाचन क्षेत्रमा मतदाताहरुले नयां अनुहार रोजेकाले चुनावमा पराजित हुनु पर्ने अवस्था आएको सर्वेक्षणमा देखाइएको छ । राजावादी पार्टी राप्रपा नेपाल भने हिन्दू राज्यका कारण समानुपातिकबाट अप्रत्यासित सिट प्राप्त गर्ने सर्वेक्षणमा देखाइएको छ । मद्येशवादी दलहरुले पछिल्लो पटकको निर्वाचनमा निरन्तर सत्ताको नजिक रहेपनि मद्येशि जनताकालागी कुनै उल्लेख्य काम गर्न नसकेको भन्दै जनतामा निराशा रहेको छ ।
निर्वाचन सर्वेक्षणमा राजधानी काठमाण्डौमा नेपाली कांग्रेसको दबदबा देखाइएको छ । क्षेत्र नम्वर १ मा कांग्रेसका प्रकाशमान सिह, २ मा कांग्रेसकै प्रतिमा गौतम, ३ मा कांग्रेसकै चक्र ठकुरीले चुनाव जित्ने देखाइउको छ भने ४ मा एमाओवादीका नन्दकिशोर पुन पाशागंले, ५ मा एमालेका ईश्वर पोखरेल, ६ मा कांग्रेसका भीमसेनदाश प्रधान, ७ मा एमाओवादीका हिसिला यमी, ८ मा कांग्रेसका नविन्द्रराज जोशी, ९ मा एमालेका कृष्णगोाल श्रेष्ठ र १० मा कांग्रेसका राजन केसीले निर्वाचन जित्ने देखाइएको छ । यो पहिलो सर्वेक्षण हो अन्तिम निर्णय निर्वाचनले नै गर्ने हो सर्वेक्षणका एक सहभागिले भने । उनले दोस्रो सर्वेक्षणको नतिजाकालागी आफुहरु ब्यग्रढंगले कुरिरहेको बताए । स्रोतका अनुसार यस पटकको निर्वाचनमा भारत, चीन र अमेरिकाले संयुक्त रुपमा तथा युरोपियन युनियनले छुट्टै निर्वाचनको सर्वेक्षण गरिरहेका छन । प्रारम्भिक सर्वेक्षणको रिपोर्ट कतै सार्वजनिक नगरिएको भएपनि सर्वेक्षण गर्ने मुलुकहरुले भने आ आफ्ना देशमा प्रतिवेदन पठाइ सकेका छन ।

Post a Comment