यसवर्षको छठ पर्व शुक्रबार र शनिबार मनाइने
१८ कातिक
तराईवासी हिन्दू धर्मावलम्बीले प्रमुखरुपमा मनाउने पव छठ यसवर्ष कातिक २२ र २३ गते मनाइने भएको छ । छठ पूजा गरिने विभिन्न स्थानका छठ घाटका छठ पुजा व्यवस्थापन समितिका अध्यक्ष र पदाधिकारी तथा विभिन्न संघसंस्थाको सोमबार घडिअर्वा पोखरी परिसरमा बसेको संयुक्त बैठकले पूजा सम्बन्धी अन्यौल हटाउन यस्तो निर्णय गरेको हो ।
बैठकले वीरगन्जमा कात्तिक २२ गते शुक्रबार सँझिया घाटमा अस्ताउँदो सूर्यको र भोली पल्ट बिहान शनिबार बिहानीया घाटमा उदाउँदो सूर्यको पुजा गरेर छठ पूजा समापन गर्ने निर्णय गरेको घडिअर्वा छठपूजा व्यवस्थापनका अध्यक्ष मदन प्रसाद गुप्ताले जानकारी दिए ।
भित्ते पात्रोहरुमा कार्तिक २३ गते शनिबारका दिन षष्ठी र सप्तमी तिथि एकै दिन परेकाले अनुभवी पुजारी र ज्योतिषीको सुझाव अनुसार शुक्रबार र शनिबारको दिन तय गरिएको हो ।
बैठकमा घडीअर्वा छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष मदन प्रसाद गुप्ता, मुर्ली छठपूजा व्यवस्थापन समितिका अध्यक्ष अजय कुमार गुप्ता, रानीघाट छठ पूजा समितिका अध्यक्ष अमिरीलाल प्रसाद कलवार, स्वीमीङपूल छठपूजा समितिका अध्यक्ष मुर्ली जालान, घडीअर्वा स्पोटर्स क्लबका सचिव लखनलाल गुप्ता लगायतको सहभागीता थियो ।
Post a Comment