छठ पूजाका लागी घाटहरु बेहुली झैं सिंगारिंदै
२० कात्तिक
छठ पर्वमा छठी माई र आराध्यदेव सूर्यको स्वागतका लागी छठ घाटहरु आकर्षक रुपमा सजाइदैं छन् । प्रसिद्ध घडिअर्वा पोखरीलाई यसवर्ष पनि रंगीचंगी पण्डाल र बत्तिले बेहुली भैंm सिंगार्ने कार्य तीब्ररुपमा भइरहेको छ । छठ पूजामा हुने सजावटलाई लिएर छठ पूजा व्यवस्थापन समितिबीच यहाँ अघोषित प्रतिस्पर्धा समेत हुने गरेको छ । एउटा पूजा स्थलको सजावटमा स्थानीय व्यवस्थापन समितीले दुई लाखदेखि १२ लाख रुपैयाँ सम्म खर्चिने गरेका छन् ।
वीरगन्जको घडिअर्वा पोखरी, रानीघाटस्थित रामजानकी मठ, छपकैयाँस्थित सिर्सिया किनार, वीरगन्ज उपमहानगरपालिको स्वीमिंग पुल परिसरमा आकर्षकरुपमा सजावट गरिएको छ । घडिअवा पोखरी परिसरको आकर्षक भौतिक पूर्वाधार, भव्य सूर्य मन्दिर र आकर्षक सजावटका कारण नगरका अन्य छठ घाटको तुलनामा यस्को आकर्षण बढी हुने गरेको छ । बारा सदरमुकाम कलैयाको सिद्धेश्वर परिसर र बरियारपुरस्थित गढीमाई मन्दिर परिसरको पोखरी वरिपरि पण्डाल र बत्तिसहित सजावट गरिएका छन् ।
विशेष गरी मैथिल समाजमा मनाइदैं आएको छठ पर्वले अहिले व्यापकता पाउँदै गएको छ । छठ पर्वमा पहाडी समुदायको उल्लेख्य सहभागीता हुन थालेको छ । मुश्लिम अनुहार पनि छठ ब्रतालुको भिडमा देखिन थालेको छ । छठ पर्वमा पूजा गर्नाले मनोकामना पुरा हुने विश्वासका कारण छठ ब्रत गर्नेहरुको संख्या वर्षेनी बढ्दै गएको छ ।
Post a Comment