तमलोपा अध्यक्ष ठाकुरको हत्या प्रयास !
१५ कात्तिक,
तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको हत्या प्रयास असफल भएको एक भारतीय पत्रिकाले जनाएको छ ।
अपराधिक समूहका सदस्यहरु मोटसाइकल छोडेर भागेको र त्यहाँ भेछिएको झोलामा ९ थान पेस्तोल, २ थान राइफल लगायतका विस्फोटक पदार्थ बरामद भएको समाचारमा उल्लेख छ ।
तमलोपाका कार्यलय सचिव प्रदिप पाठकले पार्टी अध्यक्षको हत्या योजना बनेको हल्ला र दैनिक जागरणको समाचारबारे जानकारी आएको भन्दै यसबारे अध्ययन भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो-पार्टी अध्यक्ष अहिले बाहिर हुनुहुन्छ । उहाँ आएपछि हामी थप कुरा गछौं ।’
महन्थ ठाकुरले सर्लाही ६ बाट उम्मेदवारी दिनु भएको छ । यो क्षेत्रमा काँंग्रेसका अमरेशकुमार सिंह चुनावी मैदानमा हुनुहुन्छ । अघिल्लो पटक फोरमका शिवपुजन राय यादव विजयी हुनु भएकोमा यो पटक ठाकुर र सिंहबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । शिवपुजनले भने तराई मधेस सद्भावना पार्टीबाट उम्मेदवारी दिनु भएको छ ।
Post a Comment