0

एसियाका सय मध्ये २५ पुरुष बलात्कारी !

Selena Gomez-1250977 १६ कार्तिक/
 एसियाका झण्डै एक चौथाई पुरुष जीवनमा कम्तिमा एक पटक बलात्कारमा संलग्न हुने गरेको एक अध्यनले देखाएको छ। बंगलादेश, श्रीलंका, चीन, कम्बोडिया, इन्डोनेसिया र पपुवा न्यूगिनीमा संयुक्त राष्ट्रसंघको नेतृत्वमा गरिएको अध्ययनले एसिया प्यासिफिक क्षेत्रका चारमध्ये एक पुरुषले जीवनमा कम्तिमा एक पटक बलात्कार गर्ने गरेका देखाएको छ।
अध्ययनका क्रममा ती देशका ग्रामीण क्षेत्रका १० हजार पुरुषलाई सहभागी गराइएको थियो। अध्ययनमा  बंगलादेशमा बलात्कार दर कम रहेको पाइएको छ। एसियाली देशहरुमा महिला हिंसा अनुमान गरेभन्दा धेरै पाइएको अनुसन्धानमा संलग्न दक्षिण अफ्रिकी मेडिकल रिसर्च काउन्सिलकी राचेल जवकिजले बताएकी  छिन्।
आफूले महिलाको ईच्छाविपरीत सम्पर्क राखेको हुँ भन्नेमध्ये ७० प्रतिशतले प्रवल यौनेच्छाको कारण, ६० प्रतिशतले रमाईलोका कारण र ४० प्रतिशतले महिलालाई दुःख दिएर बदला लिन त्यसो गरेको बताएका थिए। ती मध्ये आधा पुरुषले आफूलाई ती महिलाको ईच्छाविपरीत सम्पर्क राखेकोमा पछुतो लागेको बताएका थिए । २३ प्रतिशतले त्यसो गरेबापत जेल सजाय भोगेका थिए।

Post a Comment

 
Top