0

म्याद सकियो नी, तपाईंले डिभी भर्नुभयो ?


कार्तिक १६ । 
 अमेरिकाले सन् २०१५ का लागि खोलेको डाइभर्सिटी भिसा अर्थात् डिभी भर्ने समय आज सकिँदैछ ।

अमेरिकाले असोज १५ अर्थात् अक्टोबर १ तारिखदेखि आजसम्म डिभीका लागि आवेदन फारम भर्ने समय तोकेको थियो ।

अमेरिकी सरकारले तोके अनुसार नेपाली समय अनुसार शनिबार राती पौने १० बजे सम्म इडिभी भर्न सकिनेछ । शनिबार अन्तिम दिन भएकाले डिभी भर्नाका लागि खोलिएका संस्थाहरुमा बिहानैदेखि भिड बढ्न थालेको छ ।

डिभी भर्ने काम गर्दै आएका संस्थाहरुले आफ्ना प्रतिनिधी खटाएर डिभी भर्नका लागि आग्रह गर्ने गरेको समेत पाईएको छ । अमेरिकी दुतावासले सूचना जारी गर्दै डिभी भर्नका लागि कुनै शुल्क नलाग्ने बताएपनि डिभी भर्नका लागि खुलेका संस्थाहरुले न्यूनतम ३ सय देखि ७/८ सय रुपैयाँसम्म लिने गरेका छ ।

डिभी चिठ्ठा भरिदिएको, सबै विवरण सहि छ छैन हेरेको र फोटो खिच्ने काम गर्नुपर्ने भएकाले शुल्क लिने गरेको त्यस्ता संस्थाहरुको भनाइ छ । नेपालमा रहेको अमेरिकी दूतावासका अनुसार www.dvlottery.state.gov मा लगअन गरेर आफैले निःशुल्क आवेदन फारम भर्न सकिन्छ ।

दुतावासले डिभी परे/नपरेको स्पष्ट जानकारी कन्फर्मेसन लेटरबाट मात्र थाहा पाइने भएकाले डिभी भरेपछि २०१५, जुन १५ सम्म यो लेटर सुरक्षित राख्न आग्रह गरेको छ । सन् २०१५ को डिभीको नतिजा २०१४ मे १ तारिखमा सार्वजनिक हुनेछ ।

Post a Comment

 
Top