विवाह नगरेको रिसमा युवतीमाथि एसिड प्रहार
आफूसँग विवाह गर्न नमानेको भन्दै कैलालीमा एक युवकले छ्यापेको तेजाबका कारण एक युवती घाइते भएकी छन् ।
गेटा गाविस–४ का २३ वर्षीय रवीन्द्र ठगुन्नाले स्थानीय विद्यालयमा १२ कक्षामा अध्ययनरत १९ वर्षीया युवतीको शरीरमा विद्यालय जाँदै गर्दा तेजाब छ्यापेका हुन् । तेजाबले युवतीको अनुहार र घाँटीमा गम्भीर चोट पुगेको छ । घटनालगत्तै फरार रहेका अभियुक्त ठगुन्नालाई प्रहरीले काठमाडौँबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कैलालीमा पु¥याइएको छ ।
विवाहका लागि मगनी गर्न गएकोमा युवती पक्षबाट अस्वीकार गरिएपछि अभियुक्तले युवतीमाथि तेजाब फ्याँकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेश पण्डितले बताए ।
उनीमाथि ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दर्ता गरी कारबाहीको प्रक्रिया अघि बढाइएको पनि पण्डितले बताउनुभयो । घाइते युवतीको काठमाडौँमा उपाचार भइरहेको बताइएको छ ।

Post a Comment