' पार्टीले वास्तै नगरेपछि ११ आरोपीहरु सामूहिक गिरफ्तारी दिने तयारीमा '
पुस १४ –
कृष्णप्रसाद अधिकारीको हत्यामा आरोपी बनाइएका गोरखाको फुजेल गाविसका ११ जना आरोपीहरुले प्रशासनसमक्ष सामूहिक गिरफ्तारी दिने तयारी गरिरहेका छन् ।
आइतबार बिहान काठमाडौंको बालाजुमा भएको छलफलमा उनीहरुले त्यस्तो मनशाय राखेका हुन् । आफूहरु निर्दोश हुँदा पनि एकीकृत नेकपा (माओवादी) तथा नेकपा–माओवादी दुवैले वास्ता नगरेको र यसले आफूहरुलाई बदनाम मात्रै गरेको भन्दै उनीहरुले अब कानूनी प्रक्रियाबाटै यसको हल निकाल्ने बताएका छन् । दुवै पार्टीका शीर्ष नेताहरुलाई पटक–पटक कुरा राख्दा पनि ‘राजनीतिक हार’ हुने भन्दै केही नगरेको उनीहरुको अरोप थियो । ‘वहाँहरुलाई हामी निर्दोष छौं, हाम्रो इज्जतको लिलामी भइरहेको छ, अब हामी अदालतमै गएर यो कुराको छिनोफानो गर्छौं भन्दा अहिलेनै कानुनी प्रक्रियाबाट जानुहुँदैन, यसले पार्टीको राजनीतिक हार हुन्छ भन्नुहुन्छ । तर एकपछि अर्को गर्दै हामीहरु पक्राउ परिहरेका छौं,’ आरोपीमध्ये एकले गुनासो पोखे । माओवादीले यसअघि नै उनीहरुको शहरी दस्ताले कृष्णप्रसाद अधिकारीको हत्या गरेको बताइसकेको छ र अन्तरिम संविधानमा उल्लेख भए अनुसार नै यस्ता द्वन्द्वकालीन घटनाहरु स्वतन्त्र छानबिन गर्नुपर्ने माग गर्दै आएको छ ।
हत्याका आरोपीमध्ये एक रामप्रसाद अधिकारीका अनुसार आफूलाई पक्राउ पर्दा बन्द आह्वान गर्ने पार्टीले अहिले पर्शुराम पौडेललाई प्रहरी पक्राउ गर्दा कुनै ठोस कदम चालेन । ‘हामी निर्दोष छौं अदालतले पनि यस विषयमा प्रमाण नपुगेको भन्दै मलाई रिहा गरेको थियो । तर पनि आज म हत्याराको कलंक लिएर बाँच्नुपरेको छ,’ उनले दुःख पोखे । अधिकारीलाई प्रहरीले पक्राउ गरी अदालतमा पेश गर्दा सरकारी वकिल कार्यालयले प्रमाण नपुगेको भन्दै रिहा गरेको थियो ।
यसरी मुद्दाको फैसला नहुँदा वर्षौंसम्म हत्याराको कलंक लागिरहने र पार्टीले त्यस विषयमा कुनै ठोस कदम नचालेपछि उनीहरु सामूहिक गिरफ्तारी दिने मनशायमा पुगेको बताउँछन् । अधिकारी भन्छन्, ‘अब अदालतमा जानुबाहेक कुनै विकल्प छैन । अदालतले दोषी करार ग¥यो भने हामी सजाय भोग्न पनि तयार छौं । यसले एउटा निर्णयमा त पुगिन्छ । यसरी गर्दै नगरेको गल्तीका लागि दिनहुँ कति मानसिक तनाव झेल्ने ?’
गिरफ्तारी दिनअघि उनीहरुले सबै राजनीतिक दल, नागरिक समाज, मानवअधिकारवादी, पत्रकाहरु आदि सबैलाई राखेर अन्तरक्रिया कार्यक्रम गर्ने योजना बनाएका छन् ।

Post a Comment