0
लघुकथा
विभु
मनस्थिति–
त्यो गाउँको चिनारी नै थिएन । गाउँलेले त तत्कालिन घटनालाई आधार बनाएर त्यो गाउँको नामाङ्कन गर्थे । आज कुनै चोरलाई मारे– चोरमारा । भोलि कुनै जोगीले कुकृत्य गर्दा ढुङ्गाले हानेर मारे जोगी मारा । त्यस्तै बाहुन मारा, गाईमारा, गर्मेसो, घोर्ले भीर आदि थुप्रै नामाङ्कन भईसकेका र कति हुन बाँकी नै थिए । शिक्षाको उज्यालो ढाक्ने  तुवाँलो कहिल्यै फाटेन ।
 स्थानीय निर्वाचन नजिकियो । गाउँका तीन टाठाबाठा उम्मेदवार बने । मतदान पछि परिणम सार्वजनिक भयो । तीनै जना पराजित । मतदाता पनि असमञ्जसमा परे –हामीले त भोट हालेकाथियौं, तैपनि ........ अचम्म भयो ।
 तिमीहरु ज्स्तो मूर्ख ,तिनैजनालाई भोट हालेकोले हा¥यौं । एउटालाईमात्र दिनुपर्छ भन्ने पनि थाहाछैन ,बज्रस्वाँठहरु ..... पराजित उम्मेदवार आक्रोश पोख्दै थिए ।
के गर्नु बाबु , हामीलाई केही थाहाछैन । रुखले स्वास फेर्न हावा दिन्छ, छहारी दिन्छ, दाउरा दिन्छ त्यसैले रुखलाई भोट दे भोे, देम, पिटेपनि आमा जाती, पोलेपनि घामै जाती ,सूर्य नभए संसार अँध्यारो हुन्छ भन्नु भो,देम.........र उसले लामो सास तान्दै भन्यो– हँसिया घाँस पराल काट्न र हतौडी ठोकठाक गर्न नभै हुन्न भन्नु भो देम, हामीले के विराम ग¥यौं र हामीलाई गाम राम्रो बनाउन सबै चाहिन्छ । तीनै जनाले आफू योग्य छु भनेर भोट माग्या होईन , चिन्हको प्रशंसा गरेर माग्दा हामीलाई त सबै ठीक लाग्यो के भन्नु खै ? पराजित उम्मेदवारको मुहारमा अविर न पोते पनि लाजको रातो लपक्कै थियो ।

Post a Comment

 
Top