नारायणकाजी र बाबुरामद्वारा बैठक बहिस्कार
पुस १५ –
एकीकृत नेकपा (माओवादी) को समानुपातिक सभासद् चयनमा विवाद देखापरेको छ । समानुपातिक सभासद्को नाम टुंगो लगाउन प्रचण्ड निवास लाजिम्पाटमा आज बसेको केन्द्रिय कार्यालयको बैठकमा विवाद उत्पन्न भएपछि नेताद्वय डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले बैठक बहिस्कार गरेका छन् ।
पार्टी अध्यक्ष प्रचण्डले एकलौटी रुपमा निर्णय गर्न खोजेको पार्टी र जनयुद्धमा लागेका लागि बेवास्ता गरेको भन्दै असन्तुष्टि प्रकट गर्दै दुई नेताले बैठक बहिस्कार गरेका एमाओवादी स्रातले बतायो ।

विवादकाबीच निर्वाचन आयोगमा सूचि बुझाइयो
विवादका बीच एमाओवादीले समानुपातिक सूची निर्वाचन आयोगमा बुझाएको छ ।एमाओवादी नेता पोस्टबहादुर बोगटी, वर्षमान पुनलगायतले सोमबार साँझ आयोगमा पुगेर समानुपातिक सूची बुझाएका हुन् । आयोगमा सूची बुझाएपछि बाहिरिएका नेता वर्षमान पुनले कुनै पनि पुराना सभासद् नदोहोरिएको बताए। उनले एमाओवादीबाट २७ महिला र २७ पुरुषको नाम आयोगमा बुझाइएको बताए ।
निर्वाचन आयोगमा बुझाइएको सूची संशोधन गर्न तीन दिन समय पाइने भएकाले यसबारे नेताहरुबीच सहमतिको प्रयास हुने स्रोतले बताएको छ ।
यता पुनले भने नाम बुझाउँदा कोटाअनुसार केही नमिलेकाले पुनः सच्याइने बताए ।
प्रत्यक्षतर्फ २६ सिट जितेको एमाओवादीले समानुपातिकमा ५४ सिट जितेको थियो ।

Post a Comment