0
 

‘भुस र खरानी सिमेन्ट’

 पुस ११–
खरानी मिसाएको प्रमाणित भएपछि अख्तियारले नष्ट गर्न निर्देशन गरेको २५ सय बोरा सिमेन्ट नष्ट गर्ने कार्यमा मिलेमतो भएको खुलेको पछि जिल्ला प्रशासनले हस्तक्षेप गरेको छ ।
बाणिज्य कार्यालय बिराटनगरको नेतृत्बमा सोमबार गएको संयुक्त्त अनुगमन टोलीले नष्ट गर्नुपर्ने २५ सय बोरा गुणस्तरहिन सिमेन्ट सबै नष्ट नगरि मात्रै ६ सय ५० बोरा मात्र नष्ट गरेर २५ सय बोरा नै नष्ट गरिएको प्रतिबेदन बनाएको खुलेपछि प्रशासनले हस्तक्षेपत्र गरेको हो ।
IMG_0185 सिमेन्ट नष्ट गराउन मोरङको कटहरी ८ स्थित श्री नेशनल सिमेन्ट उधोगमा पुगेको टोली र उधोगबिच मिलेमतो भएको खुलेपछि मोरंगका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले अर्के अनुगमन टोली पठाएर नष्ट गनुपर्ने सिमेन्ट सबै नष्ट नभएको पत्तो लगाएका थिए ।
दोस्रो पल्ट अनुगमनमा गएको टोलीले मिलेमतोमा उधोगले आफनो परिसरमा खाल्डो खनेर चौरमा ६ सय बोरा सिमेन्ट छरेर २५ सय बोरा भएको बताएको थियो । सिमेन्ट नष्ट गर्न पुगेको बाणिज्य कार्यालय बिराटनरका प्रमुख नयराज नेपालको अनुगमन टोलीले गन्ति नै नगरि पहिले नै गुणस्तरहिन २५ सय बोरा सबै सिमेन्ट नष्ट गरिएको मुचुल्का बनाएको थियो ।
गुणस्तरहिन सिमेन्ट पारदर्शी ढंगले नष्ट नगरेको भन्दै जिल्ला प्रशासन कार्यालय मोरंगमा तत्काल उजुरी पुगेपछि प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले प्रशासकिय अधिकृतको नेतृत्बमा अर्को अनुगमन टोली पठाएका थिए । टोलीले २५ सय बोरा सिमेन्ट नष्ट नभएको पाएपछि प्रजिअ कार्कीले नष्ट गर्नुपर्ने २५ सय बोरा सिमेन्ट नष्ट गराउन अनुगमन टोली र उधोगलाई कडा निर्देशन दिएको बताए । उनका अनुसार मंगलबार नै उधोगलाई १९ सयबोरा सिमेन्ट चांग लगाएर गन्ति गर्न निर्देशन गरिएको छ । प्रजिअ कार्कीले सबै गुणस्तरहिन सिमेन्ट गन्ति भैसकेपछि सबैको रोहबरमा नष्ट गरिने बताए । उनले अनुगमनमा हेलचेक्रयाँई गर्ने कर्मचारीहरु बिरुद्ध स्पष्टिकरण सोध्ने बताए ।
अख्तियारको परिपत्रपछि एक हप्ता पहिले नै उधोगमा अनुगमन गरेर पुस ८ गते सिमेन्ट नष्ट गरिने र त्यसकालागि आबश्यक मजदुरको व्याबस्थागरि खाल्डो खन्न अनुगमन टोलीले निर्देशन गरेको थियो । तर साउन ८गते अनुगमन टोलीले मिलेमतो भएकोले सिमेन्ट नष्ट गराउन जान चाहेको थिएन । पत्रकार उपोभक्त्ताबादीहरुको दबाबपछि दिउँसो २ बजे मात्र उधोगमा पुगेको अनुगमन टोलीले हचुबा प्रतिबेदन बनाएर ६ सय बोरा सिमेन्टलाई २५ सय बोरा नष्ट गरेको प्रतिबेदन बनाएको थियो ।
नेशनल सिमेन्टले आफुले उत्पादन गर्ने सिमेन्टमा २०७९ असोज १५ गते धानको भुसको खरानी मिसिएको गुणस्तर बिभागको टोलीले फेला पारेको थियो । त्यसपछी बिभागले नुमना संकलन गरि प्रयोगशालमा गरेको परिक्षणमा पनि सिमेन्टमा मिसाउन नहुने बस्तु फेला परेको थियो ।यसबाहेक बिभागले अनुगमनका क्रममा उधोगले ६ सय बोरा धानको डढेको भुस खरिद गरेको खातापात जाँचका क्रममा फेला पारेको थियो ।
तर गुणस्तर ऐन अनुसार उधोगलाई बिभागले सम्बन्धित जिल्ला प्रशासनमा मुद्दा दर्ता गराउनु पर्नेमा त्यसो नगरि उत्पादन गरेको मौज्दात २५ सय बोरा सिमेन्ट नष्ट गर्ने शर्तमा उन्मुक्त्ति दिएको थियो । तर उधोगले पहुँचको आधारमा सिमेन्ट नष्ट गर्न चाहेको थिएन ।
गुणस्तरहिन सिमेन्ट नष्ट नगरि उपभोक्त्ताको अधिकारमाथि खेलबाड गरेको भन्दै बिराटनगरको उपभोक्त्ताबादी सँस्था पब्लिक फोरमले २०७० जेठ १३ गते उजुरी दर्ता गराएको थियो । अख्तियारले उजुरी अनुसन्धान गरि जिल्ला प्रशासन कार्यालय र बाणिज्य बिभागलाई नष्ट गनुपर्ने गुणस्तरहिन सिमेन्ट तत्काल नष्ट गराउन हाल निर्देशन दिएको हो ।

Post a Comment

 
Top