0

बम्किए बामदेव

bamdevफाल्गुन ८ –
काँग्रेसले एमालेलाई गृह मन्त्रालय नदिने अडान राखेपछि यतिबेला बामदेव गौतमको रक्तचाप बढेको छ । उनी हरेक मानिससँग कुरा गर्दा पनि झर्कीन थालेका छन् । जुनसुकै कार्यक्रममा पनि बामदेव अचेल काँग्रेसलाई सत्तोसराप गर्न चुक्दैनन् । उनले हालै भने, ‘काँग्रेस फटाहाहरुको पार्टी हो भन्ने त हामीलाई थाहा नै थियो । उनीहरु धोकेबाज हुन भन्ने पनि थाहा थियो । तैपनि अचेल सुध्रीए की भनेर उनीहरुका कुरा पत्यायौं, तर कुकुरको पुच्छर बाँगाको बाँगै ।’
यसरी बामदेव बम्कीनुको कारण गृह नपाउनु नै हो । बामदेवलाई गृह मन्त्रालय आफुले पाउनेमा पुर्ण विश्वास थियो । काँग्रेस नेता कृष्ण सिटौलाले ‘गृह तपाईहरुलाइ भो’ भनेर खबर गरेको भोलीपल्ट नै बामदेवले युवा नेता रुपनारायण श्रेष्ठलाई डाकेर भने, ‘रुपनाराण कमरेड, अब भैंसेपाटीबाट सर्नु पर्लाजस्तो छ । यसो बाहिर एउटा कोठा खोज्नुपर्ला । केही सामान मन्त्री क्वार्टरमा राख्नुपर्ला । केही सामान बाहिर राखौंला । यो घर खाली गरौं, भाडामा लगाउन सकिन्छ ।’
भैसेपाटीको घर भाडामा लगाउने र डेरा डन्डा मन्त्री क्वार्टरमा सार्ने योजना बमोजिम बामदेवले घरका सारा सामान पोको पार्न लगाए । पलङका नटख बोल्टहरु खोल्न लगाए । त्यति मात्र हैन, उनले प्रहरीका केही हामीकलाई पनि फोन गरेर आफु आउने जनाउ दिइसकेका थिए ।
अर्कोतिर बामदेव गृहमन्त्री हुने खबरले केही तस्कर र कालो बजारीया पनि खुशी भएका थिए । दिपक मलहोत्रा, छवी भुषाल, विष्णु न्यौपानेलगायतका सुन तस्करको पँक्तीमा खुशीयाली छाएको थियो । कतिपय तस्करले पार्टी पनि दिएका थिए ।
काँग्रेसले गृह नदिने अडान राखेपछि बामदेवका यी सबै सपना भताभुंग । खोलीएका पलङका नट बोल्ट अझै कसीएका छैनन । कसीएका गुन्टाहरु अझै त्यस्तै असरल्ल छन् । घरमा भद्रगोल छ । सपना डामाडोल छ । अनी मन व्याकुल छ । तर खै, मन्त्री क्वार्टर सर्ने कमरेडको सपना पुरा हुन अझै हम्मे हम्मे छ ।

Post a Comment

 
Top