एमाले वरिष्ठ नेता नेपालले गत शनिबार राति प्रधानमन्त्री सुशील कोइरालासँग कुराकानी गरे । हुन त सुशील प्रधानमन्त्री भएपछि एमालेका नेतामध्ये सबैभन्दा बढी फोन सम्पर्कमा रहने नेता हुन्– नेपाल । तर, अरु फोन भन्दा शनिबारको फोनमा भएको कुराकानी अलि फरक थियो ।
प्रधानमन्त्री कोइरालालाई फोन गरी एमाले मन्त्रालयको बाँडफाँडमा लचिलो हुने र सत्ता साझेदारीका लागि माओवादीसँग नमिल्न सुझाव दिए । गृहमन्त्री नपाएर छटपटाइरहेका केपी ओली र वामदेव गौतमले जतिसुकै रोइकराई गरे पनि गृह नदिन नेपालले प्रधानमन्त्री सुशीललाई आग्रह गरेका थिए ।
गृह मन्त्री नपाएसम्म सरकारमा जाादैनौं भनेर एमालेले चेतावनी दिइरहेका वेला पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले भने आफूहरू लचिलो हुने सन्देश दिएर एमालेभित्र सरकारबारे फरक फरक धारणा रहेको सन्देश प्रधानमन्त्रीकहाा पुर्याएका थिए । त्यस दिन नेपालले आफ्नो निवास कोटेश्वरमा सचिव युवराज ज्ञवाली, स्थायी समिति सदस्य भरतमोहन अधिकारीसहित दर्जन पोलिटब्युरोका सदस्यलाई बोलाएर गम्भीर छलफल गरेको स्रोतको भनाइ छ । त्यहाँ छलफलको मुख्य एजेन्डा थियो ‘कसरी ओली र गौतम खेमालाई कमजोर बनाउने ।’ निष्कर्ष निस्क्यो, ‘गृह मन्त्रालयको दाबीमा लचिलो हुने । यसो गर्दा सरकारको नेतृत्व गर्ने वामदेवको योजना पनि तुहिने र ओली–गौतम गठबन्धनलाई सहमति कार्यान्वयन गर्न नसकेको भन्दै आलोचना गर्न पाइने । यही निष्कर्षपछि नेता नेपालले प्रधानमन्त्रीलाई फोन गरेर भने, ‘हामी लचिलो हुन्छौं, तपाईं आत्तिनुपर्दैन ।’ कोटेश्वरमा भएका बैठकको सबै सूचना गुप्तचरहरूले बालकोटमा पुर्याएका थिए । को को नेता आए, कतिबेर बसे सबै सूचना बालकोटमा पुगेको थियो ।
कोटेश्वर बैठकले उनले कांग्रेस नेतृत्वको सरकारमा जान गृह मन्त्रालयको अडानको विकल्प खोज्नुपर्ने निष्कर्ष निकालेपछि एमालेभित्र एउटा समूहले यो विषय छलफलमा समेत ल्याइसकेको छ । यद्यपि यो अझै कार्यान्वयन हुने अवस्थामा भने छैन । एमालेले कांग्रेस पूर्वसहमतिबाट पछिहटेको भन्दै सहमतिमा नफर्केसम्म सरकारमा नजाने संस्थागत निर्णय गरेको छ । माघ २८ गते बसेको स्थायी समिति बैठकले सरकारमा नजाने निर्णय गरेको हो । कांग्रेससँग भएको सहमति कार्यान्वयनको अवस्था हेर्न सभामुखको निर्वाचन र मन्त्रिपरिषद् विस्तारसम्म पर्खेर हेर्ने रणनीतिमा एमाले छ । कांग्रेसले सभामुखमा एमालेलाई सघाउने निर्णय गरेको थियो । मन्त्रालय बाँडफाँडको पूर्वसहमतिमा नफर्कुन्जेलसम्म सरकारको विषयमा कांग्रेससँग छलफलै नगर्ने अडानमा बसेका एमालेमा कांग्रेससँगको सहमति कार्यान्वयनबारे समान धारणा छैन । पछिल्लो पटक कांग्रेस र एमालेबीच सत्ता बााडफााडमा नजिक भएजस्तो देखिएका छन् ।
एकातिर गृहको दाबी गरिरहेका एमाले नेताहरूले प्रधानमन्त्री कोइरालामाथि नजर लगाएका छन् । कतै आफ्नै तालले मन्त्रिमण्डल विस्तार गर्ने हुन् कि भन्ने भय एमाले नेताहरूलाई छ । प्रधानमन्त्री कोइरालाले माओवादी अध्यक्ष प्रचण्डसँग भेट गरेपछि एमालेभित्र थप समस्या पैदा भएको थियो । एमालेले आफूलाई गलाउन नै कोइरालाले एमाओवादीसँग संवाद अघि बढाएको विश्लेषण गरेको छ । शनिबार साँझ कोइरालाले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटी आफूलाई सहयोग गर्न आग्रह गरेका थिए । प्रचण्डले पनि सहयोगको आश्वासन दिएका थिए । यसपछि एमालेमा थप समस्या पैदा भएको थियो ।
एमालेले गृह दाबी गरे पनि अध्यक्ष झलनाथ खनाल र माधव नेपाल भने गृहविना नै सरकारमा सहभागी हुने पक्षमा रहेको बालकोट स्रोतको भनाइ छ । संसदीय दलको चुनावमा आफूलाई भिलेन जस्तो गरी प्रचार गरिएको भन्दै नेपाल ओली र गौतमसँग निकै रिसाएको एमाले स्रोतको भनाइ छ । चुनावमा झलनाथ खनाल उठ्न नचाहेको तर नेपालको कारण दलको चुनावमा उठेको दाबी ओली र गौतमपक्षले गरेको छ । दलको चुनावमा अध्यक्ष खनाललाई ओलीले २५ मतको अन्तरले हराएका थिए । त्यसपछि एमालेमा ओली गौतम एकातिर र अर्कोतिर झलनाथ र माधव नेपाल छन् ।
कांग्रेस–एमाले दुवैले एक–अर्काका अडान कमजोर बनाउन ती पार्टीका असन्तुष्ट पक्षको प्रयोग जारी राखेका छन् । संसदीय दलको चुनावपछि दलीय संवादमा सहभागी नभएका एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई कांग्रेसले उपयोग गरिरहेको ओली समूहको तर्क छ । कांग्रेससँग सातबुँदे सहमति गर्दा नेपाल सहभागी पनि थिएनन् । उनले पार्टीको औपचारिक बैठकमा खुलेर विरोध नगरे पनि ओली र गौतमबीच बनेको गठबन्धन भत्काउन गृह मन्त्रालयको विवादलाई उपयोग गरिरहेको आरोप लागेको छ । नेपाल उपाध्यक्ष गौतमलाई सरकारमा पठाउने पक्षमा छैनन् । तर, स्थायी समितिले भने गौतमको नेतृत्वमा सरकारमा जाने निर्णय गरेको थियो । नेपालकै आड पाएपछि एमाले गृह नपाए पनि अन्तिमसम्म गल्ने निष्कर्षमा कांग्रेस छ । कोइरालालाई दलको नेतामा सहयोग गर्नुअघि कांग्रेस उपसभापति रामचन्द्र पौडेलले एक वर्षपछि आफू प्रधानमन्त्री बन्ने शर्तमा सघाएको र एमालेको बलियो समर्थन पाएपछि आफू प्रधानमन्त्री हुने बाटो नखुल्ने भएकाले उनी पनि सहमति भाँड्न सक्रिय रहेको एमालेको बुझाइ छ । कांग्रेस र एमालेका तर्फबाट हुँदै आएका वार्तामा पौडेलको सहभागिता पनि रहने गरेको छैन ।

Post a Comment