बीस वर्षसम्म फरार हत्याराका नाममा पक्राउ पुर्जी
,फागुन १४–
सप्तरी प्रहरीले २० वर्षसम्म फरार रहेका आरोपितलाई गिरफ्तार गर्न नसकेपछि अदालतले त्यस्ता आरोपितका हकमा हाजिर हुन भनी आज म्यादी पुर्जी जारी गरेको छ ।
सप्तरीको देउरी गाविस–१ की देवकी देवी मण्डलको जाहेरीमा फरार आरोपित देउरी गाविस–२ का मिश्रीलाल यादवसहितका आरोपितलाई अदालतले आज पुर्जी जारी गरेको हो ।
देवकीकी जेठी बुहारी लीलादेवी मण्डललाई गर्भवती बनाउने आरोपित यादवले गर्भपतन गराई हत्या गरेको भन्दै इलाका प्रहरी कार्यालय बोदे बर्साइनमा २०५० साल फागुन १५ गते कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो ।
रामचन्द्र रोजगारीका लागि भारतको मद्रास गएको मौका छोपी उनकी पत्नी लीलालाई यादवले गर्भवती बनाएको र भारतको लौकाहामा गर्भपतन गराएको थियो । यो कुरा थाहा पाई देवर रामेश्वरले गाली गर्दा २०५० फागुन ११ गते घरबाट हिँडेकी लीलादेवी १२ गते बिहान देउरी गाविस–१ मा मृत फेला परेकी थिइन् ।
अस्पतालले २०५० फागुन १४ गते लीलालाई झुन्ड्याइ मारेको भनी शव परीक्षण प्रतिवेदन दिएको थियो ।
Post a Comment