रोजेको मन्त्रालय नपाएपछि विष्णु पौडेल मन्त्री हुन मानेनन्
१३ फागुन
नेकपा एमालेका सचिव विष्णु पौडेलले रोजेको मन्त्रालय नपाएको भन्दै मन्त्री हुन अस्वीकार गरेका छन् ।
ग्राण्डी अस्पतालमा अध्यक्ष झलनाथ खनाल, बरिष्ठ नेता माधवकुमार नेपाल, संसदीय दलका नेता केपी ओली र उपाध्यक्ष वामदेव गौतमबीच भएको छलफलमा पौडेलले असन्तुष्टि पोखेका हुन् । आफूले रोजेको मन्त्रालय नपाएको भन्दै पौडेल मन्त्री हुन अनिच्छुक देखिएको स्रोतले बताएको छ।
एमालेको भागमा परेको परराष्ट्र मन्त्रालयमा माधवकुमार नेपाल पक्षका महेन्द्र पाण्डेलाई पठाएपछि पौडेल सरकारमा नगएको एमाले स्रोतको दावी छ । सरकार गठनका लागि नेपाली कांग्रेससँग भएको सातबुँदे सहमतिको मस्यौदाकार समेत रहेका पौडेल संसदीय दलको निर्वाचनमा केपी ओली र वामदेव गौतमलाई मिलाउन मध्यस्थकर्ता समेत हुन् ।
उनी संचारमन्त्री बन्ने चर्चा एमालेमा थियो ।तर,संचारमन्त्रालय काँग्रेसको भागमा परेपछि पौडेल परराष्ट्र मन्त्री बन्न चाहन्थे ।
Post a Comment