- श्रवण कुमार
२६ गते राती भारतको तीन दिने भ्रमणबाट फर्केका एमालेका नेता माधव नेपाल कुनैपनि हालतमा वामदेव गौतमको नेतृत्वमा पार्टी सरकारमा जाँदैन भनि लविगंमा लागेको एमाले स्रोतले जनाएको छ । भारत सरकारको निमन्त्रणामा भारत गएका माधव नेपाल त्यहाँ राजस्थानमा आफ्ना भाइ विनोदकुमार उपाध्यायका छोरीको विहे निम्तो सिध्याएर दुई दिन दिल्ली बसेर नेपाल फर्केपछि एकाएक समिकरण तोडिएको हो । भारतमा नेता माधव नेपालले नेपालको राजनीतिमा जे–जे गर्नुछ गर्नुस् तर वामदेव र केपीको गठबन्धन तोड्नुस् भनेर रअका प्रमुख सँग आग्रह गरेका थिए । उहाँ नेपालको समसायीक राजनीतिक अवस्थाको बारेमा रअका प्रमुखदेखि लिएर काँग्रेस तथा भाजपाका शीर्षस्थ नेताहरुलाई भेटेका थिए । यद्यपि त्यहाँका प्रधानमन्त्री मनमोहन सिह र काँग्रसकी अध्यक्ष सोनिया गान्धीसँग भेट हुन सकेन । पछिल्लोसमयको प्रधानमन्त्रीहरुमा डा.बाबुराम भट्टराईपछि भारतका लागि विश्वासिलो प्रधानमन्त्रीका रुपमा भारतका लागि काम गरिसकेका माधव नेपालकै कारण यो समीकरण परिवर्तन भएको हो, स्रोतको दावी छ ।
एक त त्यहाँका संस्थापक पक्ष सुशिल कोइरालालाई प्रधानमन्त्री बनाउनै चाहदैन्थे, एक नेताले भने, त्यसमा पनि भारतले नरुचाएको व्यक्ति वामदेव गौतम गृहमन्त्री बन्न लागेको अवस्थामा माधव नेपालको आग्रह स्विकार गरी सिधै सुशील कोइरालालाई फोन गरेर वामदेवलाई गृहमन्त्री नदिन दवाव दिएको थियो ।’ भारतको चाहना बरु कृष्णप्रसाद सिटौला नै गृहमन्त्री होस् तर वामदेव कुनैपनि हालतमा हुनुहुँदैन भनेर दवाव दिएपछि काँग्रेसले भइसकेका सहमतिबाट पछाडि हटेका हुन् ।
माधव नेपालको भ्रमणमा साथै गएका एक नेताले भने, ‘भारतले शेरवहादुर देउवाको विकल्पमा माओवादी र मधेशवादी दललाई मिलाएर एमालेका केपीलाई प्रधानमन्त्री बनाउन चाहन्थे तर काँग्रेस ठूलो दल भएका कारणले एकपटक छोटोसमयका लागि भएपनि प्रधानमन्त्री बनाउने भएर चाहदा नचाहँदै सुशीललाई प्रधानमन्त्री बनाउन हरियो झण्डा देखाएको छ । तर काँग्रेसले आफू खुशी गर्न पाउनु हुन्न ।’ प्रहरी प्रशासनमा अहिले भएको सेटिगं भारत अनुकुल भएको छ र वामदेव गौतम आउने वित्तिकै सबै भताभुगं गरिने भएकाले पनि शक्तिकेन्द्रहरु वामदेव गृहमन्त्री बन्नु हुँदैन भनेर लागेका छन् र यसमा झलनाथ खनालको पनि ठुलै भूमिका रहेको स्रोतले बताए । बरु एमाले सरकारमा नजाओस् बाहिरैबाट समर्थन गरोस् तर एकपटकलाई छोटो समयका लागि भएपनि काँग्रेस नेतृत्वको सरकार बन्नुपर्ने देखिएको छ ।
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.