मोबाइल मार्फत फेसबुक चलाउदा कम्पनी पो मालामाल
माघ २४–
मोबाइलबाट फेसबुकको प्रयोग गर्नेको संख्या दिन प्रति दिन बढी रहेको छ । यस्तै भारतमा पनि मोबाइलबाट फेसबुक चलाउने प्रयोग कर्ता निकै रहेको भारतीय संचार माध्यमहरुले जनाएका छन् । यसका कारण भारतमा फेसबुकको विज्ञापन आय डिसेम्बर सम्म ७६ प्रतिशतको वृद्धिका साथै २ दशमलव ३४ अरब डलर भएको छ ।
यसमा मोबाइल विज्ञापन आयको हिस्सेदारी करिब ५३ प्रतिशत हो , जो एक वर्ष पहिले मात्र करिब २३ प्रतिशत थियो । भारतका साथै ब्राजील र अमेरिकामा पनि मोबाइल फोनबाट फेसबुकको प्रयोग गर्ने प्रयोगकर्ता निकै रहेको फेसबुकले बताएको छ ।
साथै भारतमा मासिक आधारमा उपयोग गर्ने प्रयोगकर्ताको संख्या डिसेम्बर २०१३ को अन्त्यमा ९ दशमलव ३ करोड भएको छ । जसमा ७ दशमलव ५ करोडले आफ्नो मोबाइल फोन मार्फत फेसबुक लग इन गरेको पाइएको छ ।
Post a Comment