सडक नियम मिच्ने सभासद् कारवाहीमा
फागुन १० –
संविधानसभा सभासद्ले सडक नियम उल्लङ्घन गरे बापत कारबाही भोगेका छन् । सिन्धुपाल्चोकका सभासद् मोहनबहादुर बस्नेतले नो पार्किङ क्षेत्रमा गाडी रोकेपछि ट्राफिक प्रहरीले बिहीबार उनलाई कारबाही गरेको हो ।
नयाँबानेश्वरस्थित एनसेल केन्द्रीय कार्यालय कृष्ण टावरको विपरित खुला सडकमा गाडी रोकेका बस्नेतसँग ट्राफिक प्रहरीले लाइसेन्स मागे । बस्नेतले ु भाई एकै छिन हो, म सभासद् हुँु भने । तर ती ट्राफिकले टेरेनन् । ट्राफिक नियम सबैलाई लाग्छ, लाइसेन्स दिनुस्, उनले दोहोर्याए ।
बस्नेतले लाइसेन्स दिएपछि ट्राफिकले एकहजार रुपैयाँको रसिद काटे र थमाए । रसिदमा आफ्नो थर श्रेष्ठ लेखेकोमा कड्किएका बस्नेत कारबाहीको सूचना महानगरीय ट्राफिक प्रहरी महाशाखाको कन्ट्रोल रूममा पुग्यो ।
तत्कालै महाशाखा प्रमुख डिआईजी केशव अधिकारीले ट्राफिक प्रहरी निरीक्षकलाई घटनास्थलमा जान निर्देशन दिए । एउटै कसुरमा कारबाहीमा परेका अन्य १५÷२० जना चालकले पनि ट्राफिक प्रहरीलाई र्याख्र्याख्ती परेका थिए । भीडमा कराइरहेका बस्नेतले लाइसेन्स नबुझाइ धर पाएनन् ।
रसिद लिएर बस्नेत शुक्रबार महाशाखा गइ एक हजार रुपैयाँ जरिवाना तिरेर लाइसेन्स लिएर गएका छन् । नियम सबैलाई लाग्छ, सानो ठूलो भनेर छुट हुँदैन, डिआइजी अधिकारीले भने । सभासद् बस्नेतले भने अरूले पनि पार्किङ गरेको देखेर गाडी राखेको बताए । म एकैछिन काममा थिएँ, बाहिर आउँदा रसिद थमाए, बस्नेतले भने

Post a Comment