झलनाथ हार्नुको रोचक कारण
एमाले अध्यक्ष झलनाथ खनाल संसदीय दलमा पराजित हुनुका राजनीतिक मात्र हैन, जैविक र चिकित्सकीय कारणहरु पनि भएको रोचक तथ्य रातोपाटीलाई प्राप्त भएको छ । त्यो जैविक कारण हो, झलनाथको भुल्ने बानी ।
झलनाथले बाँकेका एमाले नेता देवराज भारदेखी पत्रकार महासँघका पुर्व अध्यक्ष विष्णु निष्ठुरीसम्मलाई ‘तपाई को रे ?’ भनेर सोधेको समाचार प्रकाशित भइसकेको छ । बाजुराबाट एमाले नेता,कार्यकर्ता काठमाडौं आउँदा ‘बाजुर कतातिर पर्छ हँ ? भनेर सोधेको चर्चा पनि एमालेमा हुने गर्छ ।
यसरी भुल्ने रोग लागेको खनाललाई धेरै पहिलेदेखि नै हो । यसका कारण खोज्दै जाँदा अर्कै तथ्य फेला प¥यो । पहिले माले कालमा भूमिगत हुँदा झलनाथ करीब दुई वर्षसम्म घाम नछिर्ने कोठामा बसेका रहेछन् । दिउँसो लुकेर घाम नछिर्ने कोठामा बस्ने र राती मात्र बाहिर निस्कने जीवनशैलीका कारण उनको शरीरले घामको मुख देख्न पाएन । यसरी लामो समय शरीरले घामको राप र ताप नपाउँदा विशेष प्रकारको रोग लाग्ने रहेछ । यो रोगमा गाला फरफराउने र भुल्ने लक्षण देखिन्छ ।
पछि खनाल अमेरिका जाँदा बल्ल शरीरले घाम नपाएकोले त्यस्तो रोग लागेको पत्ता लाग्यो । अनी केही वर्षयता खनाल घाममा बढी नै सेकिन थालेका छन् । संसदीय दल हुनुअघिल्लो दिन पनि खनालल डल्लुस्थित घरको छतमा घाममा ज्यान सेकाउँदै बसिरहे ।
यता आफ्ना प्रतिश्पर्धी नेता केपी ओली हिजोका शत्रुसँग पनि हात मिलाइरहेका थिए । सभासदलाई जनही भेटेर आफ्नो पक्षमा पारिरहेका थिए । उता, खनाल भने कौसीमा शिरक ओढेर घाम ताप्दै पसिना निकालिरहेका थिए ।
कौसीमा खनालले घाम तापीरहेकै बेला उनका नाता पर्ने एमाले नेता सुरेन्द्र पान्डेको फोन आयो । फोन उठाए, खनालका पिए रामबाबु अधिकारीले । सुरेन्द्रले भने, ‘हैन कमरेडको के चाला हो ? भोली चुनाव छ । सभासदहरुलाई भेटेर चुनाव प्रंचार गर्नुपर्ने बेलामा कमरेडको अत्तोपत्तो छैन । हामीतिरका सभासदलाई पनि बामदेव बुढाले भड्काइसके । ओलीले गोली हान्दैछन् । खनाल कमरेड कता हो ?’
रामबाबुले भने, ‘उहाँ त कौसीमा सुतेर बस्नुभएको छ । पसिना निकालीरहनुभएको छ । घाम तापिरहनुभएको छ ।’
त्यसपछि सुरेन्द्र पान्डेलगायतका केही नेता हान्निदै झलनाथ निवास आए । छतमा पसिना काढीरहेका खनालसँग बात मार्न थाले । खनालले भने, ‘घाम ताप्नुपर्ने शरीरको माग भएकाले घाम तापेको हुँ । चुनाव त आउँछ जान्छ, शरीर नै रहेन भने केको चुनाव ?’
केही कार्यकर्ताले खनाललाई सल्लाह दिदै भने, ‘हार्ने कुरा देखियो, हार्ने अवस्थामा नउठेको भए हुन्थ्यो । हजूरको भूमिका पार्टी अध्यक्षमै राम्रो थियो ।’
खनालले अर्का नेता माधव नेपालतीर समस्या पन्छाउँदै भने, ‘मैले उठन खोजेको हो र ? माधवजीले उठनुस, जिताउँछौ भन्नुभो, उठेको हुँ । खै परिस्थिति अनुकुल छैन । त्यही जानेर घाम तापेर सुतेको हुँ ।’
माधवको भाउँतोमा लागेर चुनाव लडन खोजेको खनालले स्पष्ट पारिरहँदा एक कार्यकर्ता भन्दैथिए, ‘यी माधव खुराफाती नेता हुन । हाम्रा अध्यक्षलाई उचालेर थचार्ने भए ।’

Post a Comment