0
दससोमबार नयाँ प्रधानमन्त्री प्राप्त गर्ने सम्भावना क्षीण
, २४ माघ 
 यही माघ २७ गते व्यवस्थापिका–संसद्ले नयाँ प्रधानमन्त्री चयन गर्ने अपेक्षा गरिए पनि त्यो सहज हुने सम्भावना क्षीण बन्दै गएको छ ।   संसद्मा पहिलो र दोस्रो ठूलो शक्तिका रुपमा आफूलाई स्थापित गरेका नेपाली काँग्रेस र नेकपा (एमाले)बीच सत्ता साझेदारीमा देखिएको असमझदारीले सोे सम्भावना घटेको हो ।

    प्रधानमन्त्रीको निर्वाचन हुने दिन आउन ४८ घन्टा मात्र बाँकी रहँदा दोस्रो ठूलो दलका एक शीर्ष नेताको भनाइले पनि त्यसैतर्फ सङ्केत गरेको छ । एमालेका उपाध्यक्ष वामदेव गौतमले रासससँगको कुराकानीमा सत्ता बाँडफाँटका विषयमा काँग्रेसले अहिलेसम्म सरसल्लाह नगरेको बताउनाले राष्ट्रले नयाँ प्रधानमन्त्री प्राप्त गर्ने आशा एवम् विश्वासमा आशङ्का गर्ने अवस्था सिर्जना भएको छ ।

    मुलुकले माघ २७ गते नयाँ प्रधानमन्त्री पाउँछ भन्ने जिज्ञासामा उपाध्यक्ष गौतमको भनाइ थियो–“हामीसँग काँग्रेसले अहिलेसम्म सल्लाह गरेको छैन ।” यद्यपि  काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले भने ‘प्रक्रियामा छाँैं, संवाद भइरहेको छ’ भन्नाले केही झिनो आशा भने जीवितै राखेको छ ।

    व्यवस्थापिका–संसद्को आजको बैठक सुरु हुनासाथ एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले बारम्बार आफ्नो दलको ‘बटम लाइन’ राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन हुनुपर्छ भन्ने अभिव्यक्ति दिनाले काँग्रेसले त्यसो नगर्न हालसम्म लिएको अडान पनि प्रधानमन्त्री चयनमा बाधक बन्ने विश्लेषण गरिएको छ । रासससँगको अनौपचारिक कुराकानीमा काँग्रेस नेता डा रामशरण महतले वार्ता भइरहेको जानकारी दिए पनि ठोस निर्णय भएको स्पष्ट गर्न नसक्नु सन्देहकै घेरामा रहेको छ– मुलुकले नयाँ प्रधानमन्त्री पाउने विषय ।

    अहिलेसम्म प्रधानमन्त्रीको उम्मेदवारका रुपमा प्रस्तुत हुनुभएका नेपाली काँग्रेसका सभापति एवम् संसदीय दलका नेता सुशील कोइरालालाई अबको दुई दिनपछि सरकारप्रमुख भएको देख्न चाहनेले प्रतीक्षा गर्नाको विकल्प छैन । काँग्रेस र एमालेका नेताबीच सत्ता साझेदारीलगायत विषयमा छलफल गर्न तथा भावी सरकार गठनको मार्ग प्रशस्त गर्न वार्ता गर्ने तय भएकामा संसद् बैठक साँझसम्म चलेकाले हुन सकेन ।
    काँग्रेसका प्रवक्ता दिलेन्द्रप्रसाद बडूले आफू एमालेसँगको वार्ताका लागि सदनमा आएको तर संसद् लामो समय सञ्चालन भएकाले छलफल हुन नसकेको जानकारी दिँदै सरकार गठन र शक्ति बाँडफाँटका सम्बन्धमा बाँकी रहेका दुई दिनभित्र टुङ्गो लगाउने विश्वास व्यक्त गर्नुभएको थियो ।  संसद् परिसरमा नै काँग्रेस र एमालेबीचको वार्ताका लागि उहाँ सदन पुग्नुभएको थियो 
महिला तथा बालबालिका हिंसाका घटना बढ्दो
पर्सा, २४ माघ ।
 
महिला तथा बालबालिकामाथि हुने हिंसा न्यूनीकरणका लागि चौतर्फी पहल भएपनि पर्सामा गएको एक वर्षमा हिंसामा परेर न्यायको माग गर्दै प्रहरी समक्ष पर्ने उजुरीको सङ्ख्या बढ्दो छ । 
 
न्यायका लागि माग गर्दै प्रहरीसमक्ष गत वर्ष ११० वटा र माहिला तथा बालबालिका सेवा केन्द्र पर्सामा पनि न्यायका लागि ११० वटा नै उजुरी परेको जिल्ला प्रहरी कार्यालय पर्साको महिला सेलले जनाएको छ । 
 
चालु आर्थिक वर्षको ६ महिनामा नै जघन्य अपराधतर्फ ५० र सामान्य हिंसाका ७९ हुनुले महिला तथा बालबालिकामाथि हुने हिंसाका घटनामा कमी नआएको महिला सेलले जनाएको छ ।
 
महिला सेलमा परेका उजुरीमध्ये मादकपदार्थ सेवन गरी गालीगलौज र कुटपिटका ३९, परिवारमा खान–लाउन नदिएका ४७, घरायसी झैझगडा २१ र बहु विवाहका ३ रहेका छन् । त्यस्तै जघन्य अपराधतर्फ हिंसाका कारण आत्महत्या २३, जबर्जस्ती करणी १०, मानव बेचबिखन तथा ओसारपसारमा ५, जबरजस्ती करणी उद्योगमा ३ र अन्य २७ रहेका छन् । 
 छोरी जन्माएपछि बन्ध्याकरण
 २४ माघ
 रौतहटको खेसरहिया गाउँ विकास समिति–४ की ३९ वर्षीया मन्झादेवी यादवले छोराको आशामा १० छोरी जन्माएकी छिन् ।
 
दस छोरी जन्माएकी यादवले यतिबेला आएर छोरा र छोरी दुवै बराबरी हो भन्ने ठानेर स्थायी परिवार नियोजन बन्ध्याकरण गराएकी छिन् ।
 
यादवले आफ्नै भाषामा भनिन्, “बेटा के भर पर्ली त १० गो बेटी भेइल, परिवारमे सल्लाह कर के शिविर मे आइल छि ।
 
” ९छोराको आशामा १० छोरी भए, परिवारको सल्लाहमा बध्याकरण गराउन आएकी छु ० जिल्लामा यो वर्ष दुई हजार ५०० भन्दा बढीले स्थायी परिवार नियोजन गराएका छन् । त्यसमध्ये एकजना पुरुषले मात्र स्थायी बन्ध्याकरण गरेका छन् ।
 
जिल्ला जनस्वास्थ्य कार्यालय रौतहटद्वारा सञ्चालित परिवार नियोजन शिविरमा बन्ध्याकरण गराउने महिलाको मात्रै घुइँचो लाग्ने गरेको छ । जिल्ला अस्पतालमा मङ्सिर २१ गतेदेखि सञ्चालित शिविरमा महिलाका लागि मिनिल्याप र पुरुषका लागि भ्यासेक्टोमी बन्ध्याकरण शिविर सञ्चालन भइरहेको छ ।
 
यस वर्ष पाँच हजारजनालाई बन्ध्याकरण गराउने लक्ष्य जनस्वास्थ्य कार्यालयले लिएको छ । अहिलेसम्म दुई हजार ५०० भन्दा बढी महिलाले बन्ध्याकरण गराएको र एकजना मात्र पुरुषले भ्यासेक्टोमी गराएको जनस्वास्थ्य कार्यालयका परिवार नियोजन प्रमुख रामाधार सिंहले जानकारी दिएका छन् ।
 
शिविरमा स्थायी परिवार नियोजन गर्ने सुरक्षाकर्मी सल्याङ जिल्लाको मिरकोट गाउँ विकास समिति–४ का दीपेन्द्र सिँजाली हुन् । पुरुषले कडा परिश्रम गर्नुपर्ने र देशविदेशमा श्रम गर्न जानुपर्ने भएकाले बिरामी पर्ने डरले स्थायी परिवार नियोजन गर्न नचाहने डा। सुभाषकुमार चौधरीको भनाइ छ । पुरुषले परिवार नियोजन गर्दा स्वास्थ्यमा कुनै समस्या नहुने तर चेतनाको कमीले पुरुष नआउने गरेको स्वास्थ्यकर्मीहरू बताउँछन् ।बन्ध्याकरण गराउन शिविरमा आउने महिला तथा पुरुषलाई सरकारले रु १५० भत्ता दिने गरेको छ ।
सासु ससुराले श्रीमतीको अपहरण गरेको आरोप
 माघ २४ /
 विराटनगर उपमहानगरपालिका  बडा नम्बर २२ का अजय तामाङले आफ्नी श्रीमती बर्षा यादव तामाङलाई आफ्नै सासु ससुराले अपहरण गरेको आरोप लगाउनु भएको छ ।
 
विराटनगरमा शुक्रवार पत्रकार सम्मेलन गरी तामाङले श्रीमती बर्षालाई ससुरा नारायण यादव , सासु सुनिता यादव लगायतका व्यक्तिहरुले जर्वजस्ती अपहरण गरेको आरोप लगाएका हुन् ।  बर्ष २२ का तामाङले यही १२ गते  १८ बर्षीया बर्षा यादवस“ग प्रेम विवाह गरेका थिए ।
 
यसैगरी माघ १६ गते राजनीतिक दलका प्रतिनिधि प्रकाश पोखरल सहित केटा र केटी पक्षका व्यक्तिहरुले स्वीकार गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।  माघ २० गते श्रीमान बाहिर गएको समयमा  बर्षालाई दिदि सालु भनिनेले घरबाहिर बोलाएर सुनियोजित तरीकाले केटीका बाबुआमा सहित अन्य ४ जना व्यक्तिहरुले अपहरण गरेको जानकारी दिइएको थियो ।
 
 बर्षालाई जर्बजस्तीलान खोज्दा उनले हारगुहार गरेको पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । उनी जान नमाने श्रीमान तामाङलाई मार्ने धम्की दिएको पनि छिमेकीले पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।
 
 हाल उनी कहा“ र कुन अवस्थामा छिन् जानकारी नभएको कार्यक्रममा जानकारी दिइएको छ । श्रीमान तामाङले श्रीमतीको अपहरण गर्नेलाई कार्वाही गर्न माग गर्नुभएको छ ।
वैदेशिक रोजगार ऐन संशोधन गरिने
काठमाडौँ, २४ माघ । श्रम तथा रोजगार सचिव सुरेशमान श्रेष्ठले वैदेशिक रोजगार ऐन संशोधन गर्न लागिएको बताउनुभएको छ ।
 
राष्ट्रिय महिला आयोगले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा उहाँले सो व्यवसायमा देखिएका चुनौती न्यूनीकरण गर्न तथा कामदारलाई व्यवस्थित र सहजरुपमा सम्बन्धित काममा जाने वातवरण सिर्जना गर्न नयाँ ऐन ल्याउने तयारी भएको जानकारी दिनुभयो ।
 
सचिव श्रेष्ठले करिब ३० लाख कामदार विभागमा दर्ता भएर वैदेशिक रोजगारमा गएको र त्यसको छ प्रतिशत महिला रहेको जानकारी दिँदै कामदारलाई व्यावसायिक बनाउन विभिन्न सीपमूलक तालिम उपलब्ध गराएर मात्र बाहिर पठाउने व्यवस्था गर्न लागिएको बताउनुभयो ।
 
वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष बलबहादुर तामाङ, आशा फाउन्डेसनका अध्यक्ष आशा लामा र पौरखी नेपालका अध्यक्ष मञ्जु गुरुङले विदेशमा काम गर्न जाने कामदारमा विशेषगरी घरेलु कामदारमा गएका महिला असुरक्षित रहेको भन्दै सरकारले इजाजत नदिएका मुलुकमा पनि भारतको बाटो हुँदै उनीहरू जाने गरेकाले खुला सिमानालाई बन्द गर्नुपर्नेमा जोड दिनुभयो ।
 
आयोगका अध्यक्ष शेष चाँदताराले वैदेशिक रोजगारमा गएका नेपाली महिलाको सङ्ख्या तथा उनीहरूको अवस्था के कस्तो छ भन्नेबारे अनुसन्धान गर्नुपर्ने माग गर्नुभयो  ।

Post a Comment

 
Top