0

शुसिल कोइरालाले नियम मिचे’ 

 सरकार विस्तारका क्रममा नेपाली काँग्रेसले मन्त्री बनाए व्यक्तिका नामहरु संसदीय वोर्डमा स्वीकृत नगराएर प्रधानमन्त्री, नेपाली काँग्रेसका पार्टी सभापति शुसिल कोइराला तथा संसदीय दलका नेता शुसिल कोइरालाले निमय मिचेको गम्भिर आरोप लागेको छ।
PM-Susil-Koirala-OPMCM-NC-Congress-Cabinetप्रधानमन्त्री तथा काँग्रेस संसदीय दलका नेता कोइरालाले मंगलवार विस्तार भएको मन्त्रिपरिषदमा पार्टीका तर्फबाट यसअघी विना विभागिय मन्त्री बनाइसकिएका डा रामशरण महत सहितका १० जनालाई मन्त्री बनाउनुभएको थियो।
मन्त्रीमण्डल विस्तारमा काँग्रेसका तर्फबाट आकांक्षीहरु धेरैजसो संसदीय वोर्डकै व्यक्तिहरु भएपनि प्रधानमन्त्रीले मन्त्री बनाउने सूची संसदीय वोर्डलाई जानकारी नदिइ मन्त्री बनाइएको भन्दै पार्टी सभापतिले काँग्रेस भित्रको प्रक्रिया मिचेको आरोप लागेको हो।
काँग्रेस संसदीय वोर्डका सदस्य तथा काँग्रेस नेता अर्जुननरसिंह केसीले पार्टी सभापतिले संसदीय वोर्डलाई वाइपास गरेको टिप्पणी गर्नुभयो। हाम्राकुरा डटकमसँग कुरा गर्दै केसीले प्रधानमन्त्रीले मन्त्री बनाउनेहरुको नाम संसदीय वोर्डमा नल्याएर काँग्रेसको विधि र प्रक्रिया मिचेको बताउनुभयो। उहाँले थप्नुभयो प्रधानमन्त्री कोइरालाले संसदीय वोर्डलाई कन्फिडेन्समा लिन चाहेको देखिएन। यसले अन्ततोगत्वा विधि र प्रक्रिया मिच्ने क्रम नै शुरु हुन्छ।
काँग्रेसका कतिपय नेताले विधि र प्रकियाको कुरा गर्ने कोइरालाले पनि समेत विधि र प्रक्रिया मिचेको टिप्पणी गरेका छन्। देउवा र कोइराला गुटमा विभाजित काँग्रेसभित्र मन्त्री बन्ने क्रममा प्रधानमन्त्री कोइरालाको खास निकटका भने समेटिन नसकेको चर्चा काँग्रेसभित्र चलेको छ।
देउवा समुहले पठाएको चार नाम बाहेक कोइराला सहुमले सारेको ६ जनामा कोइरालाका भनेर चिनिएका आनन्द ढुङगाना, दिल बहादुर घर्ती, फर्मुल्लाह मन्सुर, दिलेन्द्र बडु र प्रभुनारायण चौधरी कुनैलाई पनि मन्त्रीमा अटाउन सक्नुभएन। कोइरालाले संसदीय दलको प्रमुख सचेतक बन्न गर्नुभएको आग्रहमा पनि ढुङगानाले यो पटक मन्त्री बन्ने इच्छा देखाउनुभएको स्वयं उहँ निकटहरु बताउँछन। घर्ती, मन्सुर, बडु र चौधरी पनि मन्त्री हुने आकांक्षी थिए। सधै कोइरालाको लागि काम गर्दै आएका आफूहरु कोहि पनि मन्त्री नबनेपछि उनीहरु पनि कोइरालासँग सन्तुष्ट हुन सकेा छैनन। कोइरालालाई यि सबैलाई मिलाएर जानुपर्ने चुनौती भने रहेको छ।
समग्रमा कोइराला समुह भनेर चिनिए पनि त्यसभित्र को गुटहरुमा भने यसपटक कोइराला निरिह जस्तै बन्नुभएको देखिएको एक काँग्रेस बुझेका बिश्लेषक बताउँछन्। पार्टी महामन्त्री तथा उपप्रधानमन्त्री हुनुभएका प्रकाशमान सिंह नयाँ शक्ति केन्द्र बन्ने अभियानमा लागिसक्नुभएको छ। अर्का महामन्त्री कृष्ण सिटौला, मिनेन्द्र रिजालको नयाँ गुटमा अमरेश सिंह थपिएपछि यो अर्को शक्तिशाली समुहको रुपमा देखा परेको छ।
पार्टीभित्रै विभिन्न दवाव समुहको दवावमा मन्त्री बनाइएका मन्त्री नरहरी आचार्य र डा नारायण खड्कालाई यतिखेर प्रधानमन्त्री कोइरालाले आफ्नो सबैभन्दा नजिक मान्नुपर्ने अवस्था रहेको छ। तर आफ्नो नाम मन्त्री बन्दै गर्दा प्रक्रियाको कुरा गर्ने नेताहरुले पनि प्रक्रिया पुरै नगरि मन्त्री बनाउँदा चुपचाप देखिनुमा भने कतिपय कार्यकर्ताहरुले आश्र्चर्य प्रकट गरेका छन्।

Post a Comment

 
Top