0

आमाघरबाट ३२ जना बालबालिकाको उद्धार, दिलशोभामाथि छानबिन थालियो 

काठमाडौं, फाल्गुन १४ । राजधानीको रवीभवनस्थित दिलशोभा श्रेष्ठले सञ्चालन गरेको आमा घरमा राखिएका ३२ जना बालबालिका असुरक्षित रहेको भन्दै केन्द्रीय बालकल्याण समितिले उनीहरुको उद्धार गरेको छ । संस्था दर्तासमेत नगरी र न्यूनतम भौतिक पूर्वाधारसमेत तयार नगरी बालबालिका राखिएकाले उनीहरु असुरक्षित भएको कारण उद्धार गरिएको समितिले जनाएको छ ।

२०५६ सालमास्थापना भएको आमा घरमा राखिएका बालबालिकालाई अन्यत्र श्रमिकको रुपमा काम गर्न पठाउने गरेको पाइएको पनि समितिले जनाएको छ । अनुगमनको क्रममा समितिले बालबालिकालाई मापदण्ड विपरित फोहोर र दुर्गन्धित ठाउमा राखेको पाइएको र पटक–पटक त्यहाँ राखिएका बालबालिकाको यकिन तथ्यांक नदिएको भन्दै कारबाहीको प्रक्रिया अगाडि बढाउने भएको छ ।

आमा घरकी सञ्चालिका दिलशोभाले बालबालिकालाई उनीहरुका आफन्त कहाँ काम गर्न पठाएको स्वीकार गरेकी छन् । आफूसंँग ५६ जना बालबालिका र २९ जना बृद्धबुद्धा रहेका भन्दै उनले आफूले गरेको काम कानुन विपरित भए सजाय भोग्न तयार रहेको बताएकी छन् ।

दिलशोभामाथि त्यहाँ राखिएका बालबालिकामाथि यौन दूराचारको आरोपमा समेत छानबिन अघि बढाइएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ । आमा घरमा अधिकांश बालबालिका कर्णाली क्षेत्रका छन् ।
- See more at: http://imagekhabar.com/samachar/detail/36098/29/.shtml#sthash.WiYSiRxa.dpuf

Post a Comment

 
Top