को–को हुँदै छन् मन्त्री ?
–गृह मन्त्रालयलाई लिएर चलेको लामो गलफति मिलेपछि कांग्रेस– एमालेका धेरैलाई मन्त्री बन्ने सौभाग्य मिल्ने भएको छ । प्रमुख सत्ता साझेदार कांग्रेस र एमालेबाट आज केही नयाँ मन्त्रीहरुले त्यस्तो सौभाग्य प्राप्त गर्नेछन् ।
कांग्रेस र एमालेबाट कस–कसलाई मन्त्री बनाउने भन्ने विषयमा अझै टुंगो नलागेकाले आज पहिलो चरणमा केहीलाई मात्र सहभागि गराउने योजना कांग्रेस–एमालेले लिएका थिए तर मन्त्रालयको बारेमा दुई पार्टी बीच सहमति हुन नसक्दा सफत भने हुन सकेन । कांग्रेस एमालेले सहभागि हुनेहरुको अन्तिम टुंगो नलगाइ सके पनि केहीको मन्त्री बन्ने सम्भावना प्रवल रहेको बताइन्छ । स्रोतका अनुसार पहिलो चरणमा कांग्रेसले बनाउने लागेको सात जना मन्त्रीमा काग्रेस बरिष्ठ नेता शेरबहादुर देउवा र प्रधानमन्त्री सुशिल कोइरालको कोटाबाट क्रमशः तीन –तीन र पौडेलको कोटाबाट एकलाइ मन्त्री बनाउने आन्तरिक सहमति भएको छ ।
सरकारको नेतृत्व गरेको कांग्रेसलार्इ पर्ने १३ वटा मन्त्रालयमा क–कसलाई मन्त्री बनाउने भन्ने निर्णय कांग्रेसभित्र नभइसके पनि पहिलो चरणमा भने केहीको सपथ हुने भएको छ । स्रोतका अनुसार पहिलो चरणमा कांग्रेसबाट मन्त्री हुनेको सूचीमा महेश आचार्य,मिनेन्द्र रिजाल,नारायण खड्काको नाम रहेको छ । त्यसैगरी कांग्रेसका आमोदप्रसा उपाध्याय,प्रकाससरण महतको पनि मन्त्री हुने सम्भावना रहेको बताइन्छ ।
प्रमुख सत्ता साझेदार एमालेको तर्फबाट भने केही मन्त्री बन्ने पक्का पक्की जस्तै भएको छ । एमालेले पाउने १३ मन्त्रालयमध्ये पहिलो चरणमा बामदेव गौतमले उपप्रधानसहित गृह र सचिव विष्णु पौडेलले संचार मन्त्री सम्हाल्ने भएका छन् । एमालेको केन्द्रीय समितिको बैठकले अन्य मन्त्रालयमा कसलाई पठाउने भन्ने विषयमा पछि निर्णय गर्ने बताएकाले एमालेबाट अन्य मन्त्रीहरुको भने टुंगो लागिसकेको छैन ।
त्यसैगरी सरकारको साझेदार अन्य साना दलहरुबाट बनाइने मन्त्रीरुको बारमा पनि अहिलेसम्म केही बताइएको छैन ।

Post a Comment