मापसे गरी बुहारीलाई छुरा प्रहार
१७ फागुन ।
इलामको चुलाचुली–२ का वीरबहादुर लावतीले आज बिहान मादकपदार्थ सेवन गरी आफ्नै बुहारीलाई छुरा प्रहार गरेका छन् ।
घरमा अरू कोही पनि नभएको मौका छोपी वीरबहादुरले बुहारी दिलमाया लावतीको दाहिने पाखुरामा छुरा प्रहार गरी गम्भीर घाइते बनाएका छन् ।
छुरा प्रहार गर्ने वीरबहादुर र घटनामा संलग्न रहेको आशङ्कामा स्थानीय दिलप्रसाद लावतीलाई समेत प्रहरी चौकी पेल्टिमारीले नियन्त्रणमा लिइएको छ । गम्भीर घाइते दिलमायाको हाल झापाको दमकस्थित आम्दा अस्पतालमा उपचार भइरहेको छ ।
Post a Comment