जलवायु परिवर्तन अनुकूलन र प्रकोप जोखिम न्यूनिकरणमा महिला अग्रसर
विभु
९ जेष्ठ
रोजगारी र कमाईको बाटोको लागि हरिया रुख काटेर २ सय रुपैया भारीमा बेच्दै आएका बाराको उत्तरी भेकका महिलाहरु नै अहिले जल तथा वायु परिवर्तन अनुकुलन र प्रकोप जोखिम न्युनिकरण कार्यमा सक्रियता देखाउन थालेकाछन् । गाउँमा बाढी पै¥होबाट बचाउन र जलवायु परिवर्तन न्युनिकरण गर्न रतनपुरी र भरतगञ्ज सिंगौलका महिला घर घरमा सचेतना अभियान र पूर्वाधार निर्माण गर्दैछन् । वन जोगाउन र जल,वायु परिवर्तन न्युनिकरण र अनुकुलन कार्यमा ती क्षेत्रका पुरुष भन्दा महिला बढी सक्रिय भएकाछन् ।
भरतगञ्ज सिंगौलकी सुमित्रा थापा भन्छिन्–न बुझुञ्जेल गाउँ घरकै धेरै रुख काटियो गाउँमा बाढी पै¥हो लाग्न थालेपछि भगवान रिसाएको भन्ठान्यौ, बल्ल बुझेपछि न्युनिकरण र अनुकुलन कार्यमा लाग्न थालेकाछौं ।
गाउँमा रुख कटान पनि नियन्त्रण हुन थालेकोछ,चेतना आएपछि बाढी पै¥हो रोक्ने प्रयास गर्न थालेको उनले बताईन् । १ सय भन्दा बढी गाउँका महिला अहिले सक्रिय रहेको थापाले बताईन् ।
त्यस्तै, रतनपुरीकी मनमाया थिङ्ग भन्छिन्– अहिले स्थानीयहरु गाउँलाई कसरी बचाउने र वातावरण परिवर्तन न्युनिकरण र अनुकुलन गर्ने भन्ने बारेमा गाउँले एक भै छलफलमा लागेकाछन् ।
गाउँघरमा केही भयो भने सबै भन्दा बढी महिलालाई नै दुख पर्ने भएकोले त्यसको मर्मसत् गरी महिला बढी सक्रिय भएको थिङ्गले बताईन् । घरधन्दा पछि फुर्सदको समयमा राम्रो काम गर्न अभिप्रेरित भएर नै वातावरण जोगाउन तर्फ अग्रसर भएकाहुन् । उनको गाउँमा ४० जना महिला यस कार्यमा रात दिन लागेकाछन् । रतनपुरीका महिलाले सामुहिक रुपमा गाउँघर,मुहानधारामा सरसफाईगर्ने र बगर वरिपरि वृक्षरोपन गर्दै आएकाछन् ।
जलवायु परिवर्तन नीति २०११ मा नेपालले जलवायुपरिवर्तनका लागि जुटाईएको कूल बजेटको कम्तीमा ८० प्रतिशत स्थलगत कार्यमा विनियोजन गर्ने व्यवस्था गरेकोछ । स्थानीय अनुकुलन कार्यक्रम (लापा) कार्याान्वयन मध्य र सुदूर पशिचमका १४ जिल्लाका७० गाविसमा अनुकुलन कार्यक्रम सञ्चालन भैसकेकोछ भने बाराको भरतगञ्ज सिंगौल र रतनपुरीका समुदायमा व्यापक छलफल चलाएकोछ ।
जल तथा वायु परिवर्तन विश्वमा नै जल्दोबल्दो रुपमा भएकोले सबैको ध्यान यस तर्फ मोडिएकोछ । यसको प्रभाव नेपालमा पनि पर्न थालेकाछ । सुख्खायाम शुरु भएसङ्गै मुलुकभरको तापक्रम बढ्न थालेको मौसम पूर्वानुमान शाखाले जनाएकोछ ।
नेपालमा प्रत्येक वर्ष ०.०६ डिग्री सेल्सियसको दरले तापक्रम बढ्दो छ ।
सन् १८८० देखि २०१२ सम्म लेनियर ट्रेञ्ज समग्रमा ०.८५ डिग्री सेल्सियसको दरले समग्रमा जल तथा वायु परिवर्तनको कारक तत्व ग्लोबल वार्मिन बढ्ने क्रम जारी रहेको संयुक्त राष्ट्र संघले जनाएकोछ ।
बारा सिमरा विमान स्थलको मौसम शाखाले आज ४१ र हिजो ४२ डिग्री सेल्सियस तापक्रम रहेको जनाएकोछ । काडमाण्डौ., विराटनगर,दिपायल,नेपालगञ्ज लगायतका क्षेत्रमा पनि तापक्रम बढेको छ ।
नेपालको सन्दर्भमा हिमाली,पहाडी र तराईमा बढ्ने तापक्रम फरक फरक रहेकोले यसको नकारात्मक पभाव पनि फरक रहेको हरियो वन नेपालका जलवायु परिवर्तन विशेषज्ञ मानबहादुर विकले बताए ।
हिमाली क्षेत्र अवस्थित देश नेपालमा जनसंख्या वृद्धि दर,गरिवी,अशिक्षा र बढ्दो वन विनासले जलवायु परिवर्तन बढी प्रभावित भएको विशेषज्ञ विकले जानकारी दिए ।
विश्वको सन्दर्भमा नेपालले अती कम रुपमा ग्लोवल वार्मिन गराएको पनि त्यसको प्रभाव भने अती धेरै खेप्न बाध्य रहेकोछ । नेपालले ०.२९ प्रतिशत मात्र वार्मिन गराए पनि विश्वमा जल, वायु परिवर्तनको जोखिमको रुपमा चौथो स्थानमा रहेको छ ।
जल,वायु परिवर्तनलाई अनुकुलन र न्यूनिकरणका लागि नेपालमा सरकारी तथा गैर सरकारी स्तरबाट प्रयास थाल्नु सकारात्मक पक्ष हुन् ।
विशेषज्ञ मान बहादुर विकले भने– विश्वव्यापी रुपमा बढ्दो तापक्रम र चुरे विनास,अत्याधिक चोरी कटान,वन विनास र अन्य प्राकृतिक साधन स्रोतको दुरुपयोग, स्थानीय समुदाय संरक्षण भन्दा उपभोग मुखी बनेकोले जलवायु परिवर्तनका कारण नेपालको तराई क्षेत्रलाई मुख्य रुपमा बाढीबाट प्रभावित हुँदै आएकोछ । बाढीको कारण प्रत्येक वर्ष तराईमा धन,जनको क्षती भै रहेको पाईन्छ ।
जलवायु परिवर्तन अनुकुलन र प्रकोप जोखिम न्युनिकरणलाई एकिकृत योजना सामुदायिक रुपमा कार्यान्वयन गर्न थालेको सामुदायिक वन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष रामजी बजगाईंले बताए ।
परिवर्तित जलवायुको जोखिमबाट कसरी बाँच्ने,बचाउने र सहज वातावरण बनाउने भन्ने योजना बनाएको बताए ।
जल वायु परिवर्तनको कारण जलउत्पन्न प्रकोपले बाराका वासिन्दामा विभिन्न सङ्कट पर्न थालेको छ ।
कृषि,वन, जैविकता,स्वास्थ्य, बसोवास, जल उत्पन्न प्रकोपले पार्ने प्रभावको क्षेत्रबाट जोगिदैं अनुकुलित बन्ने बारेमा गाउँघरमा व्यापक छलफल भैरहेको अध्यक्ष बजगाईले बताए ।
अनुदानको रकम जोखिम समुदायमा पुग्नुपर्ने,समुदायको क्षमता अभिवृद्धि,बलियो वातावरणीय,सामाजिक सुरक्षा कवच र बहुसरोकारवाला परमर्श प्रक्रिया,स्रोत परिचालन र वित्तिय विवरण बढाउनु पर्ने जलवायु परिवर्तन सम्बन्धी
समुदायमा आधारित अनुकुलनको आठौं अन्तराष्ट्रिय सम्मेलन (सिविए–८)ले १७ बैशाख २०७१मा जारी गरेको काठमाण्डौं घोषणापत्र जारी गरेकोछ । त्यसैगरी देश र समुदायको क्षमता अभिवृद्धि ,स्थानीय समुदायमा आधारित सार्वजनिक क्षेत्रको अनुुकूलन योजना र कार्यान्वयन,स्थिरता र जवाफदेहिता सुनिश्चित,अनुकूलनका लागि जुट्ने वित्तको स्थानीय स्तरमा छुटाउनुपर्ने लगायत घोषणा जारी गरेको छ ।
१९ वर्षे ठिटो बने आधा घण्टाका लागि भारतको प्रधानमन्त्री
जेठ ८ –
भारतका एक १९ वर्षीय युवक झुक्किएर आधा घण्टाको लागि भारतको प्रधानमन्त्री बनेका छन् । भारतीय प्रधानमन्त्रीले चलाउने आधिकारिक ट्वीटर एकाउण्टलाई आफ्नो नाममा बनाएर उनी केही समयका लागि भारतको प्रधानमन्त्री सरह बनेका हुन् । भारतका प्रधानमन्त्रीले प्रयोग गर्ने ‘प्राइम मिनिस्टर अफ इन्डिया’ नामक ट्वीटर ह्याण्डललाई उनले आफ्नो नाममा बनाएपछि यस्तो घटना भएको हो ।
यसरी झुक्किएरै भए पनि भारतको प्रधानमन्त्रीको आधिकारिक ट्वीटर ह्याण्डललाई आफ्नो बनाउने युवा हुन्, काइसर अली । ‘मलाई थाहा नै भएन कसरी मेरो दिमागमा पीएमओ (प्राइम मिनिस्टर्स् अफिस) इन्डिया खोज्ने कुरा आयो । जब मैले सर्च गरें, त्यो उपलब्ध थियो र मैले त्यसलाई आफ्नो बनाएँ’ यस घटनाबारे उनले बिबिसीसँग कुरा गर्दै बताए । शुरुमा उनलाई यो प्रधानमन्त्रीको आधिकारिक ट्वीटर ह्याण्डल रहेको थाहा नै थिएन तर जब निवर्तमान प्रधानमन्त्री मनमोहन सिंह र नयाँ प्रधानमन्त्रीको सपथ खान बाँकी रहेका नरेन्द्र मोदीबीच समाजिक सञ्जालमा भएको वाकयुद्धको बीचमा परे, त्यसपछि मात्र उनले गल्ती गरेको थाहा पाए ।
कसरी पाए उनले प्रधानमन्त्रीको आधिकारिक ट्वीटर ह्याण्डल ?
यसरी झुक्किएरै भए पनि भारतको प्रधानमन्त्रीको आधिकारिक ट्वीटर ह्याण्डललाई आफ्नो बनाउने युवा हुन्, काइसर अली । ‘मलाई थाहा नै भएन कसरी मेरो दिमागमा पीएमओ (प्राइम मिनिस्टर्स् अफिस) इन्डिया खोज्ने कुरा आयो । जब मैले सर्च गरें, त्यो उपलब्ध थियो र मैले त्यसलाई आफ्नो बनाएँ’ यस घटनाबारे उनले बिबिसीसँग कुरा गर्दै बताए । शुरुमा उनलाई यो प्रधानमन्त्रीको आधिकारिक ट्वीटर ह्याण्डल रहेको थाहा नै थिएन तर जब निवर्तमान प्रधानमन्त्री मनमोहन सिंह र नयाँ प्रधानमन्त्रीको सपथ खान बाँकी रहेका नरेन्द्र मोदीबीच समाजिक सञ्जालमा भएको वाकयुद्धको बीचमा परे, त्यसपछि मात्र उनले गल्ती गरेको थाहा पाए ।
कसरी पाए उनले प्रधानमन्त्रीको आधिकारिक ट्वीटर ह्याण्डल ?
@PMOIndia ट्वीटर एकाउन्टलाई मनमोहन सिंहले शुरु गरेका थिए । यसका १० लाखभन्दा बढी फलोअर थियो । तर, जब उनले अफिस छाडे, उनको टोलीले यस एकाउण्टलाई त्यत्तिकै मोदीलाई दिन चाहेनन् । उनीहरुले @PMOIndia लाई @PMOIndiaArchiveबनाइदिए र त्यहाँ रहेका १० लाखभन्दा बढी फलोअरलाई आफूसँगै लगे । यसबाट नरेन्द्र मोदी क्रुद्ध बने । उनले उक्त ट्वीटर एकाण्ट ‘राष्ट्रिय सम्पत्ति’ रहेको भन्दै फिर्ता गर्नुपर्ने माग गरेका थिए ।
जब यी दुई नेताहरु वाक युद्धमा व्यस्त थिए र कसैले @PMOIndia नाम गरेको एकाउण्ट बनाएको थिएन, त्यति बेलानै काइसर अलीले उक्त एकाण्ट आफ्नो नाममा पार्न सफल भएका थिए । तर त्यसको आधा घण्टामा नै उक्त ट्वीटर एकाउण्टको नाम आफै पूरानोमा बदलिएको थियो । यस लगत्तै उनले आफूले गरेको गल्तीको महसुस गरे र माफीसमेत मागे ।
अहिले कसले @PMOIndia चलाइरहेको छ भन्ने थाहा छैन । यो समाचार तयार पार्दासम्म अहिले उक्त एकाउण्टको १७ हजार फलोअर रहेका छन् तर त्यहाँबाट कुनै पनि ट्वीट भएको छैन ।


Post a Comment