सुरेश शाही /
न्युयोर्क
नेपाल अमेरिका पत्रकार संघ नेजाका वर्तमान अध्यक्ष गौतम दाहाल किर्ते काममा संलग्न भएको खुलेपछि सदस्यहरुले राजिनामा दिएका छन् । नेजाका पूर्व उपाध्यक्ष, पूर्व महासचिव, पूर्व मिडिया कोअर्डिनेटर, सदस्यहरु लगायत १२ जनाले संयुक्त रुपमा प्रेश बिज्ञप्ति जारी गर्दै साधारण सदस्यबाट समेत राजिनामा दिएका हुन् । राजिनामा दिनेहरुमा पूर्व उपाध्यक्ष तथा नेपाल ट्वान्टी फोर आवर्स डटकमका प्रधानसम्पादक पुरुषोत्तम ढकाल, युएस नेपाल अनलाइनका प्रधान सम्पादक प्रदीप थापामगर, पूर्व महासचिव तथा खसोखास साप्ताहिकका प्रधानसम्पादक किशोर पन्थी, पूर्व मिडिया कोअर्डिनेटर तथा ह्वाइटहिमाल टेलिभिजनका संचालक सूर्य थापा, प्रेस चौतारी डटकमका प्रधानसम्पादक प्रशान एलुंग राई, एलए नेपाल डटकमका प्रधानसम्पादक गोकुल ढकाल, नेपाल फोटो न्युज डटकमका संचालक तथा फोटो पत्रकार अशोक पन्त, खसोखास साप्ताहिकका संचालक बिश्व शाह, आदिवासी आवाजका मानबहादुर राना मगर, विश्व सन्देश साप्ताहिकका मनु लोहोरुङ राई, एबीसी टेलिभिजनका पुष्प शर्मा र नेपाल ट्वान्टी फोर आवर्स डटकमका जुनिता साम्बाहाम्फे रहेका छन् । प्रेश बिज्ञप्तिमा उत्तर अमेरिकामा क्रियाशील नेपाली मूलका नेपाली अमेरिकन पत्रकारहरुले आफ्नो पेशागत हक र हीतको संरक्षण र सम्बद्र्धनका साथै नेपाली अमेरिकनको सामाजिकीकरण्ँको अभियानमा सहयोगी भूमिका निर्वाह गर्ने पबित्र उद्धेयले उत्तर अमेरिकामा क्रियाशील नेपाली मूलका अमेरिकन पत्रकारहरुको छाता संगठनको रुपमा नेपाल अमेरिका पत्रकार संघ (नेजा) स्थापना गरिएको तर नेजा बितेको केहि समयदेखि गैर पत्रकारहरुको स्वार्थ सिद्ध गर्ने थलो बनेको बताइएको छ । पटक पटकको आग्रहपछि सदस्यता छानबिन गर्ने आयोग बनाइयो तर गैर पत्रकारहरु नेजाको सदस्य बन्न सफल रहेको बताइएको छ । गैर र निस्कृय सहितका पत्रकारहरु सहभागी रहेको टेक्सास अधिबेशनले निर्वाचित गरिएको कार्य समितिका प्रमुख ब्यक्तिद्वारा नेजाको प्रयोग गरी पत्रकारको नाममा “आफ्ना“ मान्छे अमेरिका ल्याउने कार्यमा सहभागि रहेको र विगतदेख नेजाको दुरुपयोग वारे सप्रमाण्ँ ध्यानाकर्षण गराइएतापनि बेवास्ता गरिएको बिज्ञप्तिमा उल्लेख छ । नेजा गैर पत्रकारहरुको हालीमुहाली र उत्तर अमेरिकामा क्रियाशील नेपाली मूलका अमेरिकन पत्रकार र पत्रकारिता बिरुद्ध क्रियाशील हुन थालेपछि संस्थामा आबद्ध रहनुको कुनै औचित्य नरहेका कारण नेजाबाट सामूहिक रुपमा राजिनामा दिइएको बिज्ञप्तिमा उल्लेख छ । यसैबीच, ह्वाइटहिमाल टेलिभिजनका कार्यक्रम संप्रेषण संचालन गर्दै आएक संचारकर्मी शैलेश श्रेष्ठले नेजाको “संस्थापनले निरन्तर सकृय संचारकर्मीहरुको मानमर्दन गर्ने तर निष्कृयहरुको भींड जम्मा गर्ने गरेको, साधारण्ँ सभा र निर्वाचनको करिब एक महिना अगाडी गैर पत्रकार (संचारकर्मी) हरुको ठुलो जत्थालाई बिशेष आमन्त्रण गरेर सदस्यता वितरण गरेको र ठिक त्यहि बेला प्रमाणीकरणगरेर मात्र सदस्यता दिनु पर्ने माग गरेपछि नेपालको “मल्लिक आयोग“ अथबा “रायमाझी आयोगकै शैलीमा प्रमाणिकरण टोली बनाईयो तर तत्कालिन कार्यसमिति र अधिकारप्राप्त टोलीले कार्यान्वयन गर्ने साहास नगरेको भन्दै उनले नेजाको साधारण सदस्यबाट राजिनामा दिएको घोषणा गरेका छन् । त्यस्तै ह्वाइटहिमाल टेलिभिजनका संचारकर्मी श्याम श्रेष्ठ र खसोखास साप्ताहिकका सहसम्पादक प्रकाश तमुले पनि अबदेखि नेजामा आफ्नो कुनै आवद्धता नरहेको स्पष्ट पार्दै साधारण सदस्यताबाट समेत राजिनामा दिएका छन् ।

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।
ReplyDeleteव्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।