विदेश पढ्न जाने विद्यार्थीका अधिकांश कागजात नक्कली किन ?
नेपालबाट विदेश अध्ययनका लागि भन्दै विभिन्न दूतावासहरुमा पेश गरिएका कागजात नक्कली हुने गरेका छन् । स्थानीय प्रशासनको अनुगमनको अभावमा दूतावासमा नक्कली कागजातले भरिएपछि दिल्लीस्थित अष्ट्रेलियन दूतावासको ‘हाई कमिसन’को टाउको दुखाइको विषय बनेको छ । त्यस्तै, अन्य विभिन्न दूतावासले पनि विद्यार्थीले पेश गरेका कागजात प्रमाणित गर्न निकै मिहिनेत गर्नु परिरहेको छ । काठमाडौं प्रहरीले विदेश पढ्न जाने बहानामा नक्कली कागजात तयार गरी दूतावासमा पेश गरेको भेटिए दुवैलाई कारबाही गर्ने बताएको छ । बैंक ट्रान्जेक्सनसहितको स्टेटमेन्ट, जग्गाधनी पूर्जा, सम्पत्ति मूल्याङ्नका कागजातहरु नक्कली हुँदा दूतावासका कर्मचारी नै अन्योलमा पर्ने गरेका छन् ।
दूतावासमा पेश भएका अधिकांश कागजात नक्कली भेटिएपछि दूतावासका कर्मचारीहरुले नेपालका विभिन्न निकायका टेलिफोन गरेर जाँचबुँझ गर्नमा व्यस्त हुने गरेका छन् । दिल्लीस्थित अष्ट्रेलियन हाई कमिसनको कार्यालयलाई नेपालबाट गएका कागजात जाँचबुझ गर्न निकै मेहनत गर्नु परेको बताइन्छ । अहिले झण्डै पाँच हजारभन्दा बढीको भिसा आवेदनबारे स्पष्ट जवाफ हाई कमिसनले दिन सकेको छैन । यसको पछाडि नक्कली कागजात नै प्रमुख कारण भएको बताइन्छ । स्रोतका अनुसार नक्कली कागजातमा सबैभन्दा बढी सम्पत्ति विवरण, बैंक स्टेटमेन्ट तथा बैंक ऋणसम्बन्धी हुने गरेका छन् । पुतलीसडकस्थित एक कन्सल्टेन्सीका सञ्चालकले दूतावासमा पेश गरिएका विद्यार्थीका कागजात नक्कली भएको स्वीकार गर्छन् ।
आफ्नो नाम उल्लेख नगर्ने शर्तमा अष्ट्रेलिया तथा बेलायतमा विद्यार्थीलाई अध्ययनको लागि परामर्श तथा भिसा प्रक्रियाको सहजीकरण गर्दै आएका ती सञ्चालकले भने, ‘सक्कली कागजात तयार गरेर विदेश जाने एकदमै न्यून छन् ।’ ती सञ्चालकले भने, ‘विदेश जानको लागि मात्रै हो भनेर धेरै कागजात नक्क्ली नै हुन्छन् ।’ विदेश जानकै लागि मात्रै अत्याधुनिक प्रविधिबाट बनाइने त्यस्ता कागजातहरु हेर्दा नक्कली हो कि सक्कली भनेर छुट्याउन कठिन हुने गर्दछन् । कतिपय कन्सल्टेन्सीहरुले पेनड्राइभमा लेटरप्याड राखेर विद्यार्थीको आवश्यकता अनुसारको कागजात आफैँले तयार गरिदिने गरेका छन् ।
विद्यार्थीहरुको कागजात बनाउने कामको लागि बैंकहरुले समेत छुट्टै योजना बनाएर कमाइ खाने भाँडो बनाएको भेटिएको छ । कैयौं बैंकहरुले जग्गा नै नभएकाहरुलाई समेत ऋण दिएको देखाएर विद्यार्थीहरुबाट रकम असुली गर्ने गरेको देखिएको छ । सेटिङमा हुने यस्ता अधिकांश काममा प्राइम बैंकको प्रत्यक्ष संलग्नता रहेको बुझिएको छ । प्राइम बैंकले विद्यार्थीको लागि जग्गा धितोमा राखेर दिएको ऋण नै नक्कली भएको सूत्रहरुले जनाएका छन् । स्रोतका अनुसार बैंकको नाममा धितो बन्धक नै पास नगरिएको अवस्थामा प्राइम बैंकले ऋण जारी गरिएको छ ।
स्रोतका अनुसार प्राइम बैंकले विगत छ महिनामा झण्डै दुई हजार विद्यार्थीको यस्तै फर्जी बैंक ऋण जारी गरेको बुझिएको छ । यही फर्जी कागजातको आधारमा तथा धितो बन्धक पाससमेत नगरी दिइएको ऋणबारे नेपाल राष्ट्र बैंकसमेत बेखबर रहेको बुझिएको छ । त्यस्तै, दोस्रो नम्बरको फर्जी बैंक ऋण जारी गर्नेमा कुमारी बैंक रहेको बुझिएको छ । कुमारी बैंकको झण्डै एक हजार फर्जी बैंक ऋणका कागजात अष्ट्रेलिया, बेलायतलगायतका दूतावासमा पुगेको बताइन्छ ।
यद्यपि, यसको यकिन तथ्याङ्क भने कसैसँग पनि छैन । फर्जी बैंक ऋण पनि दुई खालको हुने गरेको भेटिएको छ । एकथरी बैंकको आधिकारिक लेटरप्याडमा मात्रै लेखेर दिएको कागजात जसको बैंकिङ सिष्टममा कुनै रेकर्ड भेटिँदैनन् भने अर्कोथरी बैंकका सिष्टमा ऋण लिएको भेटिए पनि बैंकको नाममा धितो बन्धक पास गरिएको हुँदैन भने ऋण जारी गरिएको व्यक्तिले रकम निकाल्नसमेत पाउँदैनन् । त्यसैले उल्लेखित दुवै प्रकारका बैंक कागजातका कारण दूतावासका कर्मचारीहरु हैरानीमा परेका छन् । कतिपय बैंकका लेटरप्याडहरु समेत पुतलीसडकका फोटोकपी पसलहरुमा खुलेआम बिक्री हुने गरेको शैक्षिक परामर्श क्षेत्रका व्यक्तिहरु स्वीकार गर्दछन् ।
शैक्षिक परामर्श केन्द्रहरुमार्फत् पेश भएका यस्ता कागजातको जवाफदेहिता कसले लिने भन्ने प्रश्न पनि तेर्सिएको छ । विद्यार्थीका नाममा बनेका नक्कली कागजातको सम्बन्धमा नेपाल प्रहरीले नजिकबाट नियालिरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश खरेलले बताए । हालसम्म त्यस्तो कम्प्लेन नआएको तर प्रहरीले नक्कली कागजात फेला पारे शैक्षिक परामर्श केन्द्र र विद्यार्थी दुवैलाई कारबाही गर्ने एसएसपी खरेलले बताए । उनले दूतावासहरुलाई कुनै पनि विद्यार्थीको कागजात शंकास्पद लागेमा प्रहरीमा खबर गर्न आग्रह गरे ।
म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।
ReplyDeleteव्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।