0


६ करोड घुषमा एआईजि बढुवा काण्डमा ६ डिआइजीले बिरोध पत्र लेखे

६ करोड घुषमा एआईजि बढुवा काण्डमा ६ डिआइजीले बिरोध पत्र लेखे
१८ जेठ, 
दुई डिआईजी बढुवामा ६ करोड घुष खाएर गृहमन्त्री बामदेव गौतमले बढुवा गरेको समाचार र एसएसपी रमेश खरेललाई सोधपुछको नाममा दुख दिएको गृह मन्त्रालय बिरुद्ध ६ जना डिआइजिले बिरोध सहित पत्र दर्ता गराएका छन् ।
बरिष्ठता र कामका आधारमा समेत एआइजी बढुवाको सिफारिशमा नपरेका भनिएका ६ जना डिआइजीले सिफारिश चित्त नबुझेको भन्दै आइतबार पुनरावलोकन समितिमा निवेदन दिएका हुन् ।
गृह सचिव संयोजकत्व भनिएपनि गृहमन्त्री बामदेव गौतमको निर्देशनमा ४ दिनअघि ७ एआइजिमा बढुवाको सिफारीसमा परेका थिए ।
समितिले राजेन्द्र सिंह भण्डारी, सुरेन्द्रबहादुर शाह, विज्ञानराज शर्मा, प्रतापसिंह थापा, वीरेन्द्रबाबु श्रेष्ठ, रमेश शेखर बज्राचार्य र केदारप्रसाद साउदलाई बढुवामा सिफारीस गरेको छ ।
सिफारीसमा परेका आधाजसो अधिकृतहरु नेपाल प्रहरी संगठनमा विभिन्न काण्डमा मुछिएकाहरु छन् । एआई बढुवा बिरुद्ध आइतबार नारायण बास्ताकोटी, गणेश राई, यादब अधिकारी, परशुराम खत्री, सुशीलवरसिंह थापा र विश्वराजसिंह शाहीले पुनरावलोकनको निवेदन दिएका हुन् ।
हालै आएको नेपाल प्रहरीसम्बन्धी नियमावली २०७१ ले गृहमन्त्रीको संयोजकत्वमा गृहसचिव संयोजक रहेको ३ सदस्यीय सिफारिश समितिसँगै समितिको सिफारिश पुनरावलोकनका लागि मुख्य सचिवको संयोजकत्वमा अर्को समितिको समेत व्यवस्था गरेको छ ।
सिफारिशमा परेकामध्ये प्रताप सिंह थापा र वीरेन्द्रबाबु श्रेष्ठले तिन तिन करोड रुपैयाँ गृहमन्त्री बामदेव गौतमलाई दिएको समाचारहरु बाहिर आएका छन् । जुन विषयमा गृहमन्त्री गौतमले कुनै प्रतिक्रिया नदिइ बसेका छन् ।
डिआइजी बढुवामा परेका थापा वरिष्ठता बढुवामा ११ रनम्वरमा थिए भने श्रेष्ठ ८ नम्वरमा थिए र तर थपालाई ४ र श्रेष्ठलाई ५ नम्वरमा नाम राखेर बढुवाको लागि गृहमन्त्रालयले सिफारीस गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हाल लागू औषध नियन्त्रण ब्युरोमा रहेका विवादीत थापामाथि अकुत सम्पत्ति थुपारेकोमा अनुसन्धान गरिरहेको छ । रमाइलो कुरा के छ भने जसका विरुद्ध अख्तियारले छानविन गरिरहेको छ गृहमन्त्री बामदेव गौतमले उस्तै अर्का विवादीत मतियार श्रेष्ठको दरबन्दी उहि अख्तियार दुरुपयोग अनुसन्धान राखिदिएको छ ।

Post a Comment

 
Top