0

कसिमन खाएको आरोप लागेका डीआईजी र एसपी आईजीपीको फन्दामा

police-chif
-सुराकीको कसिमन खाएको आरोपमा डीआईजी र एसपी आईजीपीको फन्दामा परेका छन् । डीआईजी केशबहादुर शाही र एसपी ईश्वरबाबु कार्कीलाई सुनको कमिसनवापतको रकम सबैलाई बा“ड्न प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ । यसबारेमा समाचार प्रकाशित भएपछि संगठनकै बद्नाम हुन लागेको भन्दै आइजीपी अर्यालले कमिसनको रकम भागवण्डा गर्न निर्देशन दिएका हुन् ।
सिआईबीमा कार्यरत रहदा डीआईजी शाही र एसपी कार्कीले पाच किलो सुनको कमिसन आफुहरुले धेरै लिई अरुलाई थोरै मात्र बाडेका थिए । सिआईबीकै एसएसपी उत्तम कार्कीले त्यसविषयमा उजुरी हालेपछि हेडक्वार्टरले छानबिन गर्दा डीआईजी शाही र एसपी कार्कीको गल्ती देखिएको थियो ।
डीआईजी शाही हाल क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतको प्रमुख छन् भने एसपी कार्की बारा जिल्लाको प्रहरी प्रमुख छन् । उनीहरुले सुराकी वापतको रकम समेत आफ्ना मान्छेहरुको नाम राखी आफैंले खाएको स्रोत बताउछ । 

Post a Comment

 
Top